Sorry, that menu does not exist.
 

कोरोना संक्रमण आशंका गरिएका पर्वतका दुई युवकको रिपोर्ट नेगेटिव !

रामशरण पोखरेल, पर्वत कुस्मा २०७६ चैत १९ । कोरोना भाइरस संक्रमणको आशंकामा पर्वत कोरोना अस्पतालको आइसोलेसनमा रहेका दुई युवकको रिर्पोट पनि नेगेटिव आएको छ । कोरोना संक्रमणको आशंकामा सोमवार जलजला गाउपालिका ७ धाईरिङका विजय रिजाल र जलजला ८ नाग्लिवाङका कृष्ण रोकाको स्वाब परिक्षण गर्दा उनिहरु दुवै जनाको रिपोर्ट नेगेटिव आएको हो ।

कोरोना भाईरसको संक्रमण भएको पुष्टि भएकी बागलुङ्गकी युवती संगै यति एयरको बिमानमा यात्रा गरेका पर्वतको धाइरिङ्गका रिजाल र युवती संग भेटघाट गरेका नाग्लिवाङका रोकाको पनि रिर्पोट नेगेटिभ आएको हो । दुबै युवाको स्वाब सोमबार परिक्षणका लागि काठमाण्डौ पठाइएकोमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले दुबैमा कोरोनाको संक्रमण नभएको पुष्टि गरेको पर्वत अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा। शिशिर देबकोटाले बताए । उनीहरु आइसोलेसनबाट डिस्चार्ज भएपनि एक हप्ता सम्म घरमै सेल्फ क्वारेन्टाईनमा बस्नुपर्ने डा। देबकोटाले बताए ।

पर्वतको जलजला गाउँपालिका वडा नं ७ धाइरिङ्गका ती युवा गत चैत्र ४ गते मध्यान्ह १२।४५ को यति एयरको ६७९ नम्बरको उडानबाट युवती संगै पोखरा आएका थिए भने नाग्लिवाङका युवा संक्रमितका नातेदार हुन । संक्रमणको आशंकामा युवाहरुको परिक्षण नेगेटिभ आएपछि उनीहरुको सम्पर्कमा रहेका ब्यक्तिहरुको स्वाब परिक्षण गर्न नपर्ने भएकाले दुबैजना क्वारेन्टाईनमा बस्न नपर्ने भएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !