मित्रलाल खरेल, गल्कोट २०७६ चैत १९ । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाईरसका कारण दैनिक जीवनयापन गर्न समस्या भएका अति विपन्न परिवारका सहयोगका लागी थालिएको आर्थिक संकलन अभियानमा गल्कोट नगरपालिका वडा न ९ ले वडा भित्रका व्यक्तिहरुबाट संकलित रकमबाट आज राहत वितरण गरिएको छ । गत चैत १७ गते वडा कार्यालयमा बसेको वैठकले अर्थिक संकलन गरी राहत वितरण गर्ने निर्णय गरेको थियो ।
गल्कोट नगरपालिका ९ भित्रका साविक १,२ र ३ वडाहरुका अति बिपन्नबर्गका ६८ घर कुरियाहरुको घरघरमा पुगेर खाद्यान्न तथा मास्क वितरण गरिएको हो । भोलि बाँकी रहेका साविक ४ र ५ वडाहरुमा वितरण गरिने कार्यक्रम रहेको छ ।
राहत वितरण कार्याक्रम गल्कोट नगरपालिका ९ का अध्यक्ष तेजबहादुर थापाको नेतृत्वमा खड्ग कालिका युवाक्लबका अध्यक्ष शिशिरबम मल्ल, जनप्रतिनिधी वडा सदस्य धर्मदत्त सापकोटा, विष्णु प्राविका प्रधानाध्यापक प्रेकसागर सापकोटा, समाजसेवी भविलाल सापकोटा, नारायण सापकोटा, ढगेन्द्र सापकोटा, पत्रकार मित्रलाल खरेल, विवेक खरेल समेतको सहभागितामा राहत वितरण कार्य सम्पन्न भएको थियो ।