Sorry, that menu does not exist.
 

संक्रमित युवतीको स्वास्थ्यमा उल्लेख्य सुधार, परिवारका चारै जनाको रिपोट नेगेटिव !

बागलुङ २०७६ चैत १९ । कोरोना भाईरस संक्रमित पुष्टि भएकी बागलृङ नगरपालिका ४ कुँडुलेकी १९ वर्षिया युवतीका बुबा, हजुर बुबा सहित आफन्त चारजनाको रिपोर्ट नेगेटिव आएको छ । धौलागिरी अस्पतालको आइृसोलेसन कक्षमा उपचाररत निज युवतीको स्वास्थ्यमा समेत उल्लेख्यय सुधार आएकोले आज उनको स्वाब परीक्षणका लागी काठमाडौँ पठाईएको अस्पताल श्रोतले बताएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले दिएको जानकारी अनुसार आज रिपोर्ट नेगेटिव आउनेमा संक्रमित यवतीका बुबा ऋषिराम सापकोटा, हजुरबुबा लिलाराम सापकोटा, आफन्त आकाश चापागाईँ र प्राप्ती चापागाई रहेका छन् ।

गत चैत ४ गते कतार एयरवेजबाट काठमाडौ आएका बागलुङका ४ जना यात्रुहरुमा ढोरपाटन नगरपालिका ५ अधिकारीचौरका युवक तथा अर्की महिलाको रिपोर्ट भने आईनपुगेको श्रोतले बतायो । अर्का एक जना युवक जो पर्वत अस्पतालमा भर्ना भएका थिए, उनको परीक्षण रिपोर्ट नेगेटिव आएको छ ।

रिपोर्ट नेगेटिभ आएपछी पर्वतको कोरोना अस्पताल भर्ना गरिएका बागलुङका युवा डिस्चार्ज !

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !