Sorry, that menu does not exist.
 

खुलापत्र : पाको र विकास प्रेमी मेयर सा’बलाई गरीव र मजदुरहरुको आँशुले नपोलोस् !

प्रेम सुनार, गुल्मी २०७६ चैत १९ । बुधवार बिहान गुल्मीको रेसुङ्खा नगरपालिकाले कोरोना भाईरसको संक्रमणका कारण सरकारले घोषणा गरेको लकडाउनले आम मानिसहरु मध्ये दैनिक ज्याला मजदुरी गरेर गुजरा गरेका मजदुर वर्गहरुलाई सबै भन्दा संकटमा पारेको जग जाहेरै छ ।

यस बिषयमा त्यस नगरपालिकाका मेयर डिल्लीराज भुसालज्यु समक्ष पटक पटक प्रत्यक्ष भेटेर र फोन मार्फत पनि ध्यानकृष्ट यसै पक्तिकारले गएराति अवेर सम्म पनि गराएकै थियो । लामो अवधी देखि मजदुर वर्गकै पक्षमा कलम र आवज दुबैैका माध्यमले वकालत गर्दै आएकोेले उनीहरुका हक हितमा खेलाची गर्नेू जो कोही र उनीहरु माथीकोे दमन शोषण यो पक्तिकारले सहेर बसिरहन सक्दैन । यसर्थ आज विहान खुल्ला पत्र लेख्न बाध्य हुनु परेको थियो र अहिले कारण सहित खुलाएर अर्को खुलापत्र लेख्ने जमर्कोे गरिदै छ ।

मनकारी मेयरलाई कसले हातखुट्टा बाँधेको छ ?

मजदुर, दिनदुखीहरु प्रति मेयर भुसाल मनकारी हुनुहुछ भन्ने कुराहरुका थुप्रै उदाहरणहरु पनि होलान् ् । लकडाउनको दोश्रो दिनको सरोकारवालाको बैैठकमा मजदुरका पक्षमा सबै भन्दा बढी वकालत गर्ने उनै मेयर भुसाल हो । मेरो पालिकाका मात्र होईन, बाहिरबाट आएका अन्य गुल्मेलीहरुलाई सदरमुकाममा उद्दार गरि सम्वधित पालिकामा पठाउने जिम्मा पनि हामी लिन्छौं, कुनै पनि मजदुरलाई मैले भोकै मर्न दिन्न भनेको मेरै कानले सुनेको होे ।

भारतबाट आएका ३६ जनाको दुई छाक खानपिन र बसोबासको ब्यवस्था मिलाएको पनि उहाँले नै हो । जिल्ला समन्वय समितका प्रमुख लक्ष्मण पराजुली र प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले समन्वय गर्नु भएको हो । त्यस पछि पनि मेयर भुसालले पटक पटक खर्च अभावमा छाक अड्किने अवस्थामा पुगेका मजदुरहरुलाई अत्याबश्यक खाद्यान्न अविलम्व उपलब्ध गराउने पटक पटक चिन्ता ब्यक्त गर्नु भए कै हो ।

मेयर साव हजुर संग एउटा निवेदन के गर्न चाहन्छुृ भने कुनै पनि दुर्घटना वा प्राकृतिक विपद वा अहिलेको जस्तो करोना भाईरसको संकटमा सबै भन्दा छिटो उद्दारको प्राथमिकता कता दिने भन्ने सोचिनु पर्दथ्योे । पहिलो प्राथामिकता सदरमुकाम तम्घासको खाल्डोमा रहेका दैनिक ज्यालादारीमा गुजरा चलाउँदै आएका , त्यसमा पनि छाकै अड्किन थालेकाहरुलाई तत्कालै राहतको ब्यवस्था गरिनु पर्दथ्यो ।

यहाँलाई त्यो पनि थाह छ तर सुरु मै १४ वटै वडाका गरिव मजदुरको विवरण तयार गर्ने सल्लाह कसले दियो वा यस्तो खालको प्राथामिता चयनकोे निर्णयमा तपाईका हात खुट्टा बाँधियोे ? हरेक प्रकारको विपदको बेला एउटा नगर वा गाउँपालिका प्रमुखले निर्णय कुरेर बस्ने होईन भटाभट् उद्धार गर्दै जाने हो भन्ने उदाहरणका पात्र ढोरपाटनका मेयर देवकुमार नेपालीले त्यहाँका गरिव मजदुरहरुको विपदमा गरेका कामहरुले पनि स्पष्ट पार्छ ।
उदाहरण हेर्नुहोस्
गत बर्ष ढोरपाटनको सिङ्खोे नवी गाउँ जलेर नष्ट भयो । ४८ घरधुरी दलित बस्ती जलेर नष्ट भयो त्योे सब मेयर नेपालीले पुननिर्माण गरेर सुन्दर वस्तीमा परिणत गरि दिनु भयो । लगत्तै तुरतुरे तालको विपद र त्य यताका हरेक विपद्मा उहाँ अरुलाई कुरेर बस्नु भएन् ।

अहिलेको लकडाउन पछि त्यहाँका मजदुरहरुको चुलोे बले नबलेको हेर्न टोल टोल र कोठा कोठा सम्म पुग्न उहाँ सक्नु भयो भने मेयर भुसाल साव किन नसक्ने ? सक्रमणकोे विश्वब्यापी महामारीले डावाडोल आर्थिक अवस्थाका कारण मारमा परेका छन, शहर बजारका विद्यार्थीहरु र श्रमिक वर्गहरु । उनीहरुलाई घरभाडा छुटको आवाज पनि उठ्यो । मेयर नेपालीले आफैबाट सुरु गर्नु भयो घरबाडा छुटको अभियान ।
यस्तो क्षमता राख्नु हुन्छ तपाई ?
बृद्ध बृद्धा , सुत्केरी , असाहय, अशक्तलाई पोखरा सम्म उपचारका लागि जाँदा आवत जावत भाडा छुट यावद उदाहरणीय काम गर्न सकिदो रहेछ यति छोेटो समयमा पनि । अनि हामीले सदररमुकाम तम्घासका बढि मर्कामा परेका ५० ÷ ६० जनाका चुलो चलाई दिने सानो काम प िकिन नगर्ने ? ईच्छ शक्ति भए तत्कालको गर्जो टार्न धेरै पैसा पनि चाँहिदो रहेन छ मेयर साव हामीले चैते दशैको दिन यहाँका ३८ परिवार मजदुरहरुको दशै खर्च जम्मा ३० हजारमा पुरायौै ।

हजुर एक्लैले यति गरि दिएको भए कति प्रशंसाका शब्द आउथे होला समाजिक सञ्जालमा ? हामीले पनि त्यही चाहेका थियौ । हिजो साँझ फेसबुकमा मैले कुनै समयको मेरै भोगाईको स्मरण गर्दै भोली चैते दशै तम्घासका मजदुरहरुले कसरी मनाउलान भनेर स्टाटस लेखेको थिएँ । त्यही एउटा स्टाटसले तम्घासको हुलाक रोडस्थित योरच्याईस मोेवाईल सेन्टरका सञ्चालक फराकिलो मन बनाउँदै भन्नु भयोे कति छन तम्घासमा भोलीको चते दशै मान्न नसक्ने मजदुरहरु त्यो खर्च म उपलब्ध गराउँछु ।

लगत्तै एभरग्रिन होटल सञ्चालक निरज मरासीनी र गण्डकी बोर्डिङ्ख स्कुलका प्रिन्सिपल श्रीराम महतले पनि त्यही भन्नु भयो र उहाँहरु दिनभर खटेर मजदुरहरुका कोठा कोठा पुगेर दशैको बिशेष मिठो खान उपलब्ध गराउनु भयो । उहाँहरु धन्यवादको पात्र हुनुहुन्छ । त्यस्तैै प्रदेश सांसद गिता थापाको पनि मजदुरको समस्याले मन छोयो । उहाँले पनि १० हजार बराबरको राशन उपलब्ध गराउने घोषणा गर्नु भयो ।

गुल्मी उद्योग बाणिज्य संघका अध्यक्ष श्रीप्रसाद भलामीले १५ परिवार मजदुरहरुको खाने खर्च आफले ब्यर्होन जिम्मा लिनु भयो । अन्य सहयोगदाताले पनि सहयोग गर्ने बताउँदै हुनुहुन्छ । तर अब हामी आफैले सहयोग वितरणको जिम्मा लिदैनौ । आएको बाँकी सहयोग पनि रेसुङ्खा नगरपालिकालाई हस्तान्तरण गर्दछौ ।
हाम्रोे प्रयास त चैते दशैे भएर हो

हामी त तत्कालीन आपतकालीन सहयोगका लागि त्यसमा पनि चैतेदशै मजदुरहरुले मनाउन सकुन भन्नका लागि मात्र जुटेका हौं । मेयर साव हिजो साँझ यति काम मै गरि दिन्छु भन्ने आँट गरेको भए म मात्र होईन सारा मजदुरहरुले तपाईको जयजयकार मनाउँथे ।

नगरपालिकाको टाउको तपाई नै भएकाले यसो पढ्दा आज विहानको खुल्ला पत्रले यहाँलाई आलोचना गरेका महसूस भए होला र आलोचना सहर्षरुपमा लिए यहाँलाई आगमी दिनमा यस्ता कुराबाट सच्चिन सघाउ पनि पुग्ला ।

मेयर साव तपाई नगरपालिकाको टाउको भएकोले आलोचनाको झटारो पहिला तपाई माथी प्रहार हुनु स्वभाविकक हो । तर त्यसको दुखाई महसूस पालिकाको शरिरका सबै अंगलाई हुनु पर्ने हो । तर हुँदो रहन छ कि भन्ने पछिल्लो यो विपदका हल्मलले देखाउँछ ।

सायद टाउकोमा परेका चोेट शरीरका अन्य अंगहरुलाई मालिस गरे झै आनन्दको महशुस गरेरै होला वडास्तरको कार्यकारी भुमिकामा रहेका वडाध्यक्ष अंगहरुले अझै गरिव मजदुरहरुका विवरण भर्खर तयार पार्दै हुनुहुछ ।

आफ्नो वडामा यति जना यो यो वर्गका परिवारहरु हुन्छन भन्ने तथ्याङ्ख नै तयार छैन भने तपाईका वडाध्यक्षहरुले विकासको खाका र गरिव , किसान मजदुरहरुका लागि के काम गनु सक्नु भए होला ? भन्ने सवाल जनताले उठाउने नै छन् । हिसाव किताव अव वडाध्यक्ष संग पहिला जनताले माग्ने छन् । तपाईको हिसाव किताव त अरुकोे के कुरा तपाई कै दलले माग्ने छ । पाको र विकास प्रेमी मेयर सावलाई गरीव र निमुखाहरुको आँशुले नपोलोस् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !