निर्मल पौडेल पर्वत २०७६ चैत १९ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना १९ कोभिडले निम्त्याएको यो विषम परिस्थितिमा विभिन्न ठाउँहरुमा समस्याहरु निम्तीरहेका छन् । यसको मुख्य समस्यामा ज्याला मजदुरी गरी जीवन गुजारा चलाउने, दिनभरको श्रमले साँझविहान हात मुख जोर्ने विपन्त गरिव तथा अति निम्न वर्गका व्याक्तिहरुमा परेको छ । यो विषम परिस्थितीमा केन्द्र प्रदेश र स्थानिय सरकारले विपत व्यवस्थापन तथा राहत कोषको स्थापना समेत गरेर राहत प्रदान गरिरहेका छन् । जिल्लाको महाशिला गाउँपालिकामा कोरोनाले निम्याएको विपत्तीको वेला गाउँपालिकाले जिल्लामानै पहिलो पटक विपत राहतको प्याकेज ल्याएर वितरण गरिरहेको छ । यसैगरी राजनैतीक दल तथा विभिन्न भातृ संगठनहरुले पनि राहत वितरण गरिरहेका छन् । वुधवार पर्वतको महाशिला गाउँपालिकाको वार्ड नम्वर ५ मा एकैदिन विभिन्न संस्थाहरुले सहयोग लिएर गएका हुन् । महाशिला गाउँपालिकामा ६ वटा वार्डहरु छन् । समस्या त अन्य वार्डमा रहेका ज्याला मजदुरी गर्ने तथा विपन्न परिवारमा पनि होला तर वार्ड नम्वर ५ मा मात्र युवा संघ अनेरास्ववियु र नेपाली काँग्रस,तरुण दलले चामलका वोरा दाल नुन तेलको पोका लिएर पुगेका हुन् ।
नेपाली काँग्रेस र तरुणको राहत
नेपाली कागें्रस महाशिला र तरुण दल महाशिला गाउँपालिका कार्यसमितिले संयुक्त रुपमा गरिब, विपन्न र मजदुरलाई खाद्यन्न वितरण गरेको छ । वुधवार महाशिला गाउँपालिका वार्ड नम्वर ५ लुङ्खुदेउरालीमा ज्याला मजदुरी गरी जीवन गुजारा गर्ने २६ घरपरिवार लाई घरमै पुगेर खाध्यन्न वितरण गरेका हुन् । नेपाली काँग्रेस जिल्ला सचिव अशोक उच्चैँ ठकुरीको नेत्तृत्वमा वार्ड नम्वर ५ का २६ घरपरिवार लाई घरमै पुगेर दाल ,चामल,नुन,तेल सावुन लगायतका खाध्यन्न वितरण गरिएको तरुण दल महाशिलाका अध्यक्ष आशिष उच्चैँले जानकारी दिएका छन् । राहत वितरण गर्दै युवा नेता ठकुरीले विश्वभरी महामारीको रुपमा फैलिरहेको कोभिड १९ कोरोनाका कारण देश लकडाउन भएको परिस्थितीमा निम्न आय भएका तथा ज्याला मजदुरी गरी जीवन निर्वाह गर्ने गरिव तथा विपन्न परिवारमा खाद्द संकट नहोस भन्ने हेतुते राहत स्वरुप उक्त खाधन्न वितरण गरिएको वताए । आपत पात्रो हेरेर नआउने भन्दै ठकुरीले अनयासै आएको कोरोना आपतको यो विषम घडीमा स्थानिय वार्डवासीहरु लाई नआत्तिकन घरमानै सरकारले गरेको लकडाउनको पालना गरी वस्न आग्रह गरे । गाउँवासीको रहेक दुख सुखमा आँफु र आफ्नो पार्टी सदैव अग्रसर हुने भन्दै उच्चैँले आपतकालिन अवस्थामा आफुँ र आफ्नो परिवारको ख्याल गर्न गाउँवासी लाई अनुरोध गरे । आपतविपतको वेला सवैले आँफु पनी वचौँ र अरुलाई पनि वचाऔँ भन्ने मुल मन्त्र लाई आत्मासाथ गरी अगाडी वढ्नुपर्ने धारणा उच्चैँको रहेको थियो । राहत वितरणमा तरुण दल महाशिलाका अध्यक्ष अषिश उच्चै ठकुरी र दलित संघ पर्वतका क्षेत्रीय सभापति नविन परियारको सहभागिता रहेको थियो । विपन्न परिवार लाई गरिएको उक्त सहयोग विभिन्न व्याक्तिहरु तथा संस्थाहरु मार्फत उपलव्ध गराईएको तरुण महाशिलाले जनाएको छ । काँग्रेस र तरुणले प्रत्येक लाई पाँच पाँच किलो चामल र २ दुई किलो चामल र एक दुई वटा सावुन वितरण गरेको हो ।
अनेरास्ववियू र युवा संघ साझेदारीको राहत
अनेरास्ववियू र युवा संघ पर्वतको संयुक्त साझेदारीमा पर्वतको महाशिला गाउँपालिकाका ५१ घरपारिवार लाई खाधन्न वितरण गरेका छन् । महाशिला गाउँपालिका वार्ड नम्वर ५ मा रहेका ५१ घर परिवार लाई घरमै पुगेर दाल,चामल,नुन,तेल, मसला,सावुन लगायतका खाधन्न वितरण गरेका हुन् । कोरोना कोभिड १९ को प्रकोपले लकडाउन भईरहेको अवस्थामा निम्न गरिव तथा मजदुर परिवारमा खाधन्नको संकट नहोस भन्ने हेतुले थोरै मात्रमा भएपनी उक्त सामाग्री वितरण गरेको युवा संघका विराज हमालले जानकारी दिएका छन् । राहत वितरण गर्दै हमालले पहिलो चरणमा वार्ड नम्वर पाँचमा उक्त राहत प्रदान गरेको र अन्य वार्डहरुमा पनि आवश्यक परेको खण्डमा सहयोग गर्न युवा संग सदैव तयार रहेको वताए ।राहत वितरण युवा संघका नविन मल्ल,अनेरास्ववियूका सन्तोष सुनाम र जीवन अधिकारी लगायतले गरेका थिए । यहाँ यसरी गरिएको राहतमा २ देखी ३ केजी सम्म चामल र एक दुई केजी दाल र कुनै परिवारमा तेल वितरण गरिएको हो ।
राहत वितरणले समस्या निम्याउने हो की ?
राहतले समस्यामा परेका हरुलाई केही मात्रमा राहत त होला तर अव्यवस्थित रुपवाट मान्छेहरु भिडभाड गरी वितरण गर्दा कतै कोरोना संक्रमण फैलिने त हैन भन्ने एउटा चिन्ताको विषय वनेको छ । यता जिल्लाकै मोदी गाउँपालिकाले वार्ड वार्डमा खाद्द वैँकको निर्माण गरी एकद्धार प्रणाली वाट राहत वितरण लाई अगाडी वढाउनुका साथै व्याक्तिगत रुपवाट कसैले कसैलाई सहयोग गर्नका लागि पालिका संग अनुमती लिनुपर्ने प्रावधान ल्याएको छ ।
प्रशासनको धारणा
यो सवालमा जिल्ला प्रशासन कार्यलय पर्वतले भने लकडाउनमा अझै कडा गर्ने र राहतलाई व्यवस्थित गरी एकव्दार प्रणालिवाट र पालिकालाई जानकारी गराएर मात्र राहत वितरण गर्न भनेको छ । तर राहत वितरण गर्नेहरु आँफुखुशी आँफ्नो मर्जी गरिरहेका छन् ।
समग्रमा, महाशिलामा मात्र हैन जिल्लाका अन्य विभिन्न ठाउँहरुमा पनि यो विषम परिस्थितीमा राजनैतीक राहतको होडवाजी चलिरहेको देख्न सकिन्छ ।
महाशिलामा राहत वितरणमा होडबाजी : अखिल युवा संघ र काँग्रेस तरुणहरु पुगे बोरा बोकेर !
२०७६ चैत्र १९, बुधबार २१:१८
Home Slider, Top News, अन्य समाचार, प्रमुख समाचार
Related Posts
२०७८ असार ३, बिहीबार १५:१३
वर्षाले पर्वतको जलजला गाँउपालिकामा ५० परिवार विस्तापित
२०७७ मंसिर २५, बिहीबार ०८:३३