Sorry, that menu does not exist.
 

कोरोना संक्रमणबाट बच्न वडाध्यक्ष कुँवरले भूमेकोटमा परेवा उडाए !

निर्मल पौडेल पर्वत २०७६ चैत १९ । विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिरहेको कोभिड १९ कोरोना वाट विश्व जगत आक्रान्त वनिरहेको परिस्थितीमा नेपालमा कोरोनाको संक्रमण नफैलियोस भन्दै यहाँका एक वार्ड अध्यक्षले भुमेकोटमा जोडी परेवा उडाएका छन् । पर्वतको फलेवास नगरपालिका ८ ठानामौलाका वार्ड अध्यक्ष मन वहादुर कुवँरले चैते दशैँको अवसर पारेर शान्तिको प्रतिक परेवा उडाएर पुजा आर्चना गरेका हुन् । पर्वतका पर्यटकिय गन्तव्यको रुपमा विकास हुन नसकेको ठानामौलामा अवस्थित ऐतिहाँसिक, धार्मिक, पौराणिक तथा पर्यटकीय भुमेकोटमा आँफु र वार्ड कार्यलयको तर्फवाट परेवा उडाईएको भुमेकोटका मुख्य पुजारी रामु सापकोटाले जानकारी दिएका छन् ।

शान्तिको प्रतिक जोडी परेवा उडाएर अध्यक्ष कुवँरले कोरोनाको संक्रमण नफैलिन प्राथना गर्दै सरकारले गरेको लकडाउनको समयमा वार्ड वासीहरुलाई घरमै रहेर आफ्नो र परिवारको ख्याल गर्न आग्रह समेत गरेका छन् । लकडाउनको परिस्थितीमा ठानामौलामा वाहिर वाट आवतजावत गर्नेहरुलाई निगरानीमा राखिएको र वाड वासीहरु लाई अन्यत्र जान नदिइएको कुँवरको भनाई रहेको छ । प्रसिद्ध भुमेकोट धार्मिक पौराणिक हिसावले निकै महत्वपुर्ण र शक्तिशाली शक्तिपीठ भएपनी प्रचार प्रसारको अभावमा ओझेलमा परेको मुख्य पुजारी रामु सापकोटाले दुखेसो गरे । यस कोटमा हरेक साँझ विहान पुजा आराधाना गरिन्छ । विशेष गरी वडादशैँ र चैतेदशैँमा ठुलो मात्रमा पर्वत, वाग्लुङ ,स्याङ्जा लगायतका ठाउँहरु वाट पञ्चल वाजागाजा सहित ठुलो मात्रामा दर्शनार्थीहरुको घुईँचो लाग्ने गरेपनी यस वर्ष कोरोनाका कारण सुनसान भएको पुजारी सापकोटाको भनाई रहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !