Sorry, that menu does not exist.
 

बडीगाड-७ मा वडाध्यक्ष गुरुङव्दारा सय पीस सेनिटाईजर र माक्स वितरण !

बुर्तिवाङ २०७६ चैत २० । बडीगाड गाउँपालिका वडा नं ७ मा कोरोना भाईरसको प्रभावलाई मध्यनजर गरि वडा अध्यक्ष कृष्ण गुरुङको संयोजकत्वमा स्थापना गरिएको राहत कोष मार्फत बडीगाड ७ वडा कार्यालयले १०० पिस सेनिटाईजर र ५० थान माक्स खरिद गरि पहिलो चरणमा वितरण गरेको छ । बिहीबार आयोजित एक कार्यक्रमका बीच अध्यक्ष गुरुङले स्वास्थ्य चौकीका लागी २० पिस सेनिटाईजर र १२ पिस माक्स वितरण गरेका हुन् ।

त्येसैगरि ईलाका प्रहरी कार्यालय भिमगिठेलाई ९ थान माक्स र ८ थान सेनिटाईजर, बिद्युत, रेडक्रस र मिडियाकर्मीहरुलाई समेत माक्स र सेनिटाईजर उपलब्ध गराउँदै अध्यक्ष गुरुङले सबैलाई कोरोना भाईरसबाट सुरक्षित हुनका लागि सम्बन्धित सबैले आ९आफ्नो ठाउँबाट जिम्मेवारी बहन गरि नेपाल सरकारले गरेको लकडाउनलाई प्रभाबकारी बनाउन सहयोग गर्न समेत अनुरोध गरे ।

सोहि माक्स र सेनिटाईजर बितरण कार्यक्रममा वडा कार्यालयले संचालन गरेको राहत कोषको स्मरण गर्दै वडा काार्यार्लयले वडा भित्र कोरोना भाईरस र लकडाउनको प्रभाबले कोहि पनि एक गास खानाबाट बञ्चित नहुन भनी संचालन गरिएको र पहिलो चरणको राहत बितरण कार्यक्रम समेत सम्पन्न भएको छ । सोहि अवसरमा बोल्दै अध्यक्ष गुरुङले कोहि छुट्नु भएको छ या एक गास खानाबाट बञ्चित हुनुभएको छ भने वडा कार्यालयमा सम्पर्क गर्न समेत अनुरोध गरेका थिए । राहात कोष स्थापनाको अभियानमा देश तथा वदेशमा रहि सहयोग गर्ने सम्पूर्ण सहयोगी मनहरु प्रती उच्च सम्मान गर्दै तपाईहरुले गरेको आर्थिक सहयोगलाई सहि ठाउँमा सदुपयोग गर्ने भन्दै धन्यवाद ज्ञापन गरेका थिए। हामीले नगरे कसले गर्नेू भन्दै अध्यक्ष गरुङले मिडियाकरणको लागि नभई एक जिम्मेवार जनप्रतिनिधिको भुमिका निभाउने कोशिस गरेको भन्दै अहिलेको परिवेशमा सबैले काम गर्नका लागि राज्यको वजेट मात्र ताक्ने परिपाटीलाई समेत चुनौति दिदै स्थानिय सरकार संचालनमा एउटा ईटा थप्ने प्रयत्न गरेको भन्दै मिडियाकर्मीहरुलाई समेत बिशेष धन्यवाद दिदै मिडिया मार्फत कोरोना भाईरस सम्बन्धमा चेतना फैलाउन अनुरोध गरेका थिए । अध्यक्ष गुरुङले आफ्नो टोल तथा छरछिमेकमा बाहिरबाट जो कोहि आएपनि वडा कार्यालयलाई जानाकारी दिन आग्रह गर्दै त्येस्ता ब्यक्तिहरुको लागि क्वारेन्टाइन निर्माण गरिएको बताउँदै आफ्नो वडाभित्र आगामि दिनमा आउने खाधान्न र स्वास्थ्य समस्यालाई समेत मध्यनजर गरि खाधान्न, माक्स र सेनिटाईजर जस्ता अति आवाश्यक चिजहरुको समेत स्टक गरि राखिएको बताए । अभियानमा खटिएका वडा सदस्यहरु र राहात बितरण समितिका सदस्य दिपेन्द्र केसी र मिना रायमाझीलाई समेत विशेष धन्यवाद र आभार प्रकट गरेका थिए।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !