Sorry, that menu does not exist.
 

मुक्तक : हाँस्दा हाँस्दै खै किन रुन मन लाग्छ !

काँडा जस्तै बिझ्यो निकाल्न खिप थिएन
घाउ भयो दुख्यो तर घाउमा पिप थिएन ।
तिमीले म्यासेन्जरमा फोन गर्दै खबर सोध्यौ
तर खबर कोरोनाको डरले गर्दा ठिक थिएन

***
हाँस्दा हाँस्दै खै किन रुन मन लाग्छ।
एकोहोरो तिम्रै तस्बिर छुन मन लाग्छ।
एक्लोपन महसूस हुन्छ एकैछिन नबोल्दा
मलाई त सधै तिम्रै साथ हुन मन लाग्छ।

***.
सुख दु:ख पर्दा अगि सरेर देखाइ दिउँला।
तिम्रोओठमा हासो सधै भरेर देखाइ दिउँला।
म तिमीलाई धेरै माया गर्छु बिश्वास गर्दैनौ
मिल्छ भने बरु एक्सरे गरेर देखाइ दिउँला।
***
सबिता खत्री ‘जिज्ञासुु’
ताराखोला गाउँपालिका ३
बागलुङ

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !