Sorry, that menu does not exist.
 

जनवादी युवा मन्च बरेङव्दारा निशुल्क माक्स वितरण !

केशवराज क्षेत्री, बरेङ २०७६ चैत २१ । बरेङ गाउँपालिकापालिका वडा नं।१ मा रहेको जनबादी युवा मन्चले नि स् शुल्क ५०० माक्स बितरण तथा कोरना भाइरस सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न गरेको छ।

विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना ९कोभिड–१९० को संक्रमणबाट बाच्नको लागी सोमबार आफ्नो आफ्नो गाउँ भित्र रहेका सदस्यहरुलाई जनचेतनामुलक कार्यक्रम आयोजना गरी निस्शुल्क माक्स बितरण गरिएको हो ।

जनवादी युवा मन्चका सल्लाहकार तथा सदस्य तिलक पौडेलले विश्वभरी महामारीको रुपमा फैलिएको र यसको प्रभाव नेपालमा पनि देखिएको कारण गाउँ टोलबाट सतर्क भएर कोरोनाको संक्रमण बिरुद्ध लड्न आफ्ना टोलवासीलाई जनचेतनामुलक कार्याक्रम संचालन गरि निस्शुल्क मास्क बितरण कार्यक्रम राखेको बताए । उनले आफ्नो टोल भित्र बसोबास गर्ने टोलबासीलाई कोरोना भाइरस यस क्षेत्रमा भित्रिन नदिन र शंकास्पद व्यक्तिहरु भेटिएको खण्डमा बरेङ गा पाले निर्माण गरेकोआइसोलेसन वार्डमा आफै गई बस्नुपर्ने र यस्तो शंका लागेमा चिकित्सकहरुसंग परासर्म लिन समेत आग्रह गरेका छन् ।

त्यस्तै कार्यक्रम मा बोल्दै समाजमा आईपर्ने समस्यालाई पार लगाउन र समाजलाई अगाडि बढाउन जनबादीले राम्रो भुमिका खेलेको चुनौती यूवा परिषदका संयोजक ओमकार शर्माले बताए । कार्यक्रम युवा मंचका सचिब कमल शर्माको संचालन र अध्यक्ष सन्तोष पोख्रेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !