Sorry, that menu does not exist.
 

कुस्मा नगरपालिकामा ५० लाखको विपत व्यवस्थापन कोष स्थापना, नेकपा कुस्माले दियो ५० हजार !

निर्मल पौडेल पर्वत कुस्मा २०७६ चैत २१ । कुस्मा नगरपालिकाले ५० लाख वरावरको राहत कोषको स्थापना गरेको छ । विश्वभरी महामारीको रुपमा फैलिरहेको नोवेल कोराना भाईरस कोभिड १९ को जोखिम न्यूनिकरण गर्न तथा राहत वितरण गर्न उक्त रकम वरावरको कोषको स्थापना गरिएको नगरपालिकाले जनाएको छ । जसमा नगरपालिकाले रु १५ लाख, कार्यरत कर्मचारीहरुहरुवाट रु २ लाख जनप्रतिनिधी वाट रु ३ लाख ,विभिन्न संघ संस्था मार्फत रु १० लाख,प्रदेश सरकार वाट रु १० लाख लगायत अन्य विभिन्न निकायहरु मार्फत उठाउने अपेक्षा सहित उक्त कोषको स्थापना गरिएको हो । जसमा राहत सामाग्री खरिदमा रु १५ लाख ,कोरोना अस्पताल व्यवस्थापन तथा मेडिकल सामाग्रीहरु खरिद लगायतमा खर्च गरिने भएको हो ।

नगरपालिकाले विभिन्न निकायहरु संग पनि सहयोगको अपेक्षा राखेको कुनपा ११ का अध्यक्ष शिव शर्मा पौडेलले वताए । नगरपालिकाले राहत वितरण नगर समन्वय समिती समेत गठन गरी खाद्द सामाग्री वैँकको स्थापना गरेको छ । उक्त रकम लकडाउनको वेलामा कोरोनाले निम्त्याएका पीडित, विपन्न परिवार तथा ज्याला मजदुरी गरी जीवन गुजारा चलाउने, साँझविहान हातमुख जोड्न धौ धौ हुने निम्न वर्गका लागि खर्च गरिनुका साथै आपतकालिन अवस्थाका लागि खर्च गरिने भएको छ । नगरपालिकाले कुस्मा नगर शिक्षा अधिकृत राजेन्द्र वहादुर क्षेत्रीको अध्यक्षतामा खाद्दन्न सामाग्री संकलन तथा राहत वितरण गर्ने समिती निर्माण गरेको छ । समितीले विभिन्न संघ संस्थाहरु मार्फत आउने खाद्दन्न तथा राहत नेपाल सरकारको मापदण्ड वमोजिम एकद्धार प्रणालीवाट प्रदान गर्ने नगरपालिका कार्यलयले वताएको छ ।

यसैवीच आजै नेपाल कम्युनिष्ट पार्टी नेकपा कुस्मा नगर कमिटीले कुस्मा नगरपालिकाको उक्त कोष लाई रु ५० हजार राहत प्रदान गरेको छ । विपतको घडीमा नगरपालिकाले स्थापना गरेको खाद्द वैँक तथा राहत कोषमा नेकपा कुस्मा नगर कमिटीका अध्यक्ष शंकर गिरीले कुस्मा नगरपालिका प्रमुख रामचन्द्र जोशी लाई रु ५० हजारको चेक हस्तान्त्रण गरेका हुन् । राहत रकम हस्तान्त्रण गदै अध्यक्ष गिरीले कोरोनाले निम्त्याएको यो आपतकालिन परिस्थितीमा नगरपालिकाले स्थापना गरेको राहत कोषमा नेकपा नगरकमिटीको तर्फवाट थोरै मात्रामा भएपनी सहयोग गरेको वताए ।

यसैगरी गिरीले यो विपत्तीको वेलामा सवैलाई धैर्य गरी आँफु र आफ्नो परिवारको ख्याल गर्दै सरकारले गरेको लकडाउनलाई पालना गर्न आग्रह गरे । गिरीले नगरपालिकाले स्थापना गरेको खाद्द वैँक तथा विपत व्यवस्थापन कोषमा रकम वढी भन्दा वढी संकलन होस र वास्तविक पीडितहरुले राहत प्राप्त गर्न सकुन भन्ने धारणा व्यक्त गरेका थिए । रकम वुझ्दै कुस्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले राहत कोषमा नेकपा नगर कमिटीले गरेको सहयोगको प्रशंसा गर्दै संकलित रकम सरकारले गरेको मापदण्ड भित्र रहेर विपन्न तथा पीडित वर्गलाई पारदर्शी रुपले वितरण गर्ने वताए । यसैगरी जोशीले कोरोना कोभिड १९ ले निम्ताएको यो परिस्थितीको सामना गर्न तथा पीडामा परेका हरुलाई नगरपालिकाले खाद्द वैँक संगै राहत कोषको स्थापना गरेको र विभिन्न संघ संस्था मार्फत सहयोग आउने क्रम जारी रहेको जानकारी गराए । छोटो मीठो कार्यक्रममा नगरपालिकाका उपप्रमुख सिता काफ्ले लामिछाने, कुस्मा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरी पंगेनी नेकपा नगर कमिटी सचिव मिन प्रसाद श्रेष्ठ, कुनपा ११ पकुवाका अध्यक्ष शिव पौडेल, कुनपा ७ का अध्यक्ष रुद्र गिरी लगायतको उपस्थिती रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !