Sorry, that menu does not exist.
 

नेउवा महासंघका नवनिर्वाचित धौलागिरीका तीन व्यक्तित्वलाई सम्मान तथा बधाई !

कोपिला कंडेल, बागलुङ २०७४ बैशाख ९ । बागलुङ उद्योग बाणिज्य संघ बागलुङले नेपाल उद्योग बाणिज्य महासंघको ५१ औ साधारणसभा बाट निर्बाचित धौलागिरिका तीन जना ब्याक्तित्वलाई सम्मान तथा बधाई ज्ञापन गरेको छ । नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष प्रमोद कुमार श्रेष्ठ एशोसिएट उपाध्यक्ष चन्द्र ढकाल र प्रदेश नम्वर ४ का तर्फबाट केन्द्रीय सदस्यमा निर्वा्चित निर्माण कुमार श्रेष्ठ बासुलाई फुलमाला अबिर र दोशल्ला ओढाएर सम्मान गरेको हो ।

सो अवसरमा बोल्दै व्यवस्थापिका सांसदका सांसद प्रकाश शर्मा पौडेलले राष्ट्रियस्तरका योजनाहरु जिल्लामा भित्राउनका लागि निजी क्षेत्रको बिकास र बिस्तार हुनुपर्ने बताए । मुलुकको अर्थतन्त्रको बिकास हुनका लागि उद्योगी ब्याब्सायीले महत्वपुर्ण भुमिका निर्वाह गर्न सक्ने चर्चा गर्दै सांसद पौडेलले पेशालाई मर्यादितरुपमा अगाडी बढाउनुपर्नेमा जोड दिए ।

त्यसैगरी अर्का सांसद नर बहादुर थापाले उद्योग बाणिज्य सघंको प्रबद्धन र बिकासका लागि राज्य र निजीक्षेत्र बिच समन्वय र सहकार्य गर्नुपर्ने बताउदै स्थानिय रुपमा प्राप्त साधन र श्रोतको सहि सदुपयोग गर्न सके निजीक्षेत्रको बिकासले फड्को मार्ने दाबी गरे ।

सो अवसरमा नेपाल उद्योग बाणिज्य सघंका केन्द्रिय उपाध्यक्ष एबं सम्मानित ब्याक्तित्वहरु प्रमोद श्रेष्ठ, एशोसिएट केन्द्रिय उपाध्यक्ष चन्द्र ढकाल र केन्द्रिय सदस्य निर्माण कुमार श्रेष्ठ बास, प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे, बागलुङ नगरपालिकाका प्रमुख सुवास कुमार लामिछाने, उद्योग बाणिज्य सघंका निवर्तमान अध्यक्ष बसन्त कुमार श्रेष्ठ, पर्वतका अध्यक्ष हरीओम लामिछाने, म्याग्दीका अध्यक्ष जीवन कुमार बिक, पत्रकार महासघं बागलुङ्ग शाखाका अध्यक्ष दिल श्रीस र महिला उद्यम बिकास समितिका अध्यक्ष भगवती केसी लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

सो अवसमा बागलुङ्ग उद्योग बाणिज्य सघंका अध्यक्ष जयराम भारीले जिल्ला एबं धौलागिरी अञ्चलमा भएका व्यावसायीका समस्यालाई समाधान गर्नका लागि हालै निर्वाचित केन्द्रिय उपाध्यक्ष एबं सदस्यले महत्वपुर्ण भुमिका निर्वाह गनुपर्ने बताए । जिल्लामा ८० प्रतिशत भन्दा धेरै ससाना उद्योगी ब्याव्सायी भएकोले केन्द्रले बनाएको करनीती लगायतका झन्झटपुर्ण कार्यलाई सही ब्यवस्थापन गर्नका लागि केन्द्रिय नेतृत्वले ध्यान पुर्याउनुपर्ने चर्चा गर्दै जिल्लाबाट निर्वाचित तिन नेतृत्वले जिल्ला एबं धौलागिरीको गरिमालाई उच्च बनाएको भन्दै बधाई ज्ञापन गरेका थिए ।

सो अवसरमा नवआगन्तुक बागलुङ्ग नगरपालिकाका कार्यकारी अधिकृत सुवास कुमार लामिछानेलाई उद्योग बाणिज्य सघंले स्वागत एबं सम्मान गरेको थियो ।

बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष जयराम भारीको अध्यक्षता, बरिष्ठ उपाध्यक्ष युवराज राजभण्डारीको धन्यबाद मन्तब्य र महासचिव दयाराम पौडेलको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply