Sorry, that menu does not exist.
 

लकडाउन उल्लंघन गर्नेहरुको धरपकड जारी : लकडाउन प्रति सबै सजग रहन प्रहरी उपरीक्षक भट्टको आग्रह !

बागलुङ २०७६ चैत २४ । लकडाउनप्रति गैह्रजिम्मेवार बनेर बिहान सबेरै सडकमा हिँड्नेहरुलाई आजपनि प्रहरीले नियन्त्रणमा लिँदै उनिहरुलाई भ्यानमा राखेर जिल्ला प्रहरी कार्यालयमा लगी रहेको छ ।

प्रहरी उपरीक्षक नवराज भट्ट
हिँजो पनि प्रहरीले बजारबाट बिहान र साँझ गरेर करीब ४ दर्जन व्यक्तिहरुलाई नियन्त्रणमा लिएर कोरोना भाईरसको संक्रमणबारे सम्झाई बुझाई छोडेको बताउदै जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख, प्रहरी उपरीक्षक नवराज भट्टले लकडाउनको उल्लंघन गर्नेहरुप्रति कडाईका साथ प्रस्तुत हुने ईबागलुङलाई बताए ।

विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाईरसको संक्रमण नियन्त्रण गर्न सरकारले लागु गरेको लकडाउन प्रति सबै सजग भै यसको सफल कार्यान्वयनमा सहयोगी बन्न जिल्लाबासीहरुमा प्रहरी उपरीक्षक भट्टले आग्रह गरे ।

लकडाउनका समयमा अति जरुरी काम नपरी बाहिर निस्कन नहुने यथार्थलाई सबैले आत्मसात गर्नु जरुरी छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !