Sorry, that menu does not exist.
 

रेसुङ्गा नगरपालिकाले मुठ्ठी खोल्यो : ५ हजार बढी मजदुरलाई राहत वितरण !

प्रेम सुनार, गुल्मी २०७६ चैत २४ । रेसुङ्गा नगरपालिकाले लकडाउनका कारण दैनिक ज्याला मजदुर गरेर जिविका चलाउँदै आएका मजदुरहरुलाई राहत वितरणको हिंजो आईतवार तेश्रो दिन सम्म आई पुग्दा ५ हजार भन्दा बढि मजदुरहरुलाई राहत वितरण गरेको छ । तेश्रो दिन वडा नम्वर ५, ६, ७ र वडा नम्वर १३ मा राहत वितरण गरिएको थियो । तेश्रो दिनको राहत वितरणको शुभारम्भ संगै सबै वडाहरुमा अनुगमन मेयर डिल्लीराज भुसाल र उप मेयर सीता भण्डारीले गरेका थिए ।

त्यस नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासीनीका अनुसार हाल सम्म १४ वटा वडा मध्ये १३ वटा वडामा ११ सय ७५ परिवारका ५ हजार ३ सय ५४ जना मजदुरहरुलाई १० दिनका लागि जनही ५ किलोका दरले चामल त्यही अनुसारको दाल , नुन, तेल र हात धुने सावुन समेत वितरण गरिएको छ ।

वडा नम्वर ८ मा भोली सोमवार तम्घासको चिदिचौरमा वितरण गरिने त्यस वडाका वडाध्यक्ष भरत भलामीले जानकारी दिए ।

हिंजो वितरण गरिएको मध्ये वडा नम्वर ५ का वडाध्यक्ष हरि शर्मा खनालका अनुसार त्यस वडाका ९३ परिवारका ३ सय ९८ जना मजदुरहरुलाई राहत वितरण गरिएको थियो । वडा नम्वर ६ का वडाध्यक्ष गनबहादुर गुरुङ्घका अनुसार त्यस वडाका १ सय ३५ परिवारका ५ सय ३१ ज्ना विपन्न परिवारलाई राहत वितरण गरिएको थियो । वडा नम्वर ७ का वडाध्यक्ष मोहनप्रसाद पाण्डेका अनुसार त्यस वडाका ७५ परिवारका ३ सय जनालाई राहत वितरण गरिएको थियो । त्यस वडामा अधिकांस दैनिक निमेक मजदुरी गरेर जिविका गर्ने भएकोले आज बाँडिएको राहतको दोब्बर घरधुरी संख्या बञ्चित भएकोले थप विवरण नगरपालिकामा पठाउन लागिएको वडाध्यक्ष पाण्डेले बताए । वडा ्नम्वर १३ का वडाध्यक्ष खुमबहादुर खत्रीका अनुसार त्यस वडाका ७५ घरधुरीका ३ सय १५ जना मजदुरहरुलाई राहत बाँडिएको छ । पहिलो दिन वडा नम्वर १ र ३ मा राहत बाँडिएको थियो ।

वडा नम्वर १ का वडाध्यक्ष अखिलेश्वरप्रसाद पाण्डेका अनुसार त्यस वडामा ५२ परिवारका १ सय ४८ जना मजदुरहरुलाई प्रति ब्यक्ति ५ किलो चामल , दाल , नुन , तेल , चिनी र सावुन वितरण गरिएको छ । वडा नम्वर ३ का वडाध्यक्ष थम्मनबहादुर केसीका अनुसार त्यस वडामा १सय ९ परिवारका ३ सय ९३ जनालाई राहत वितरण गरिएको छ ।

दोश्रो दिन राहत बाँडिएका वडाहरु मध्ये वडा नम्वर २ का वडाध्यक्ष उदयबहादुर थापाका अनुसार सोही राहत त्यस वडामा १०३ परिवारका ४ सय १० जनालाई वितरण गरिएको छ । वडा नम्वर ४ अर्खलेका वडाध्यक्ष विजय मरासीनीका अनुसार त्यस वडामा १सय २ घरधुरीका ४ सय ६८ जना मजदुरहरुलाई राहत वितरण गरिएको छ । वडा नम्वर ९ का वडाध्यक्ष नारायण बरालका अनुसार त्यस वडाका स्थानिय ५४ घरधुरीका १ सय ८७ जना र बाहिरबाट मजदुरी गर्न डेरा गरि बसेका २ सय ६ जना सहित कुल ७ सय ८० जनालाई वितरण गरिएको छ ।

यो तथ्याङकले सदरमुकाम तम्घास भित्र ठुलो संख्यामा मजदुरहरु बस्ने वडा नम्वर ९ रहेको देखाएको छ । वडाध्यक्ष वरालले यस अघि पनि वडाको तर्फबाट अति विपन्न छाक नै अड्केका १० परिवारलाई राशन उपलब्ध गराइएको थियो । त्यस्तै १६ सय ७० थान माक्स पनि वितरण गरिएको थियो ।

वडा नम्वर १० सिमिचौरका वडाध्यक्ष पदमप्रसाद पाण्डेका अनुसार त्यस वडाका १ सय ४० घरधुरीका ७ सय जना मजदुरहरुलाई राहत वितरण गरिएको छ । वडा नम्वर ११ राङवासका वडाध्यक्ष खुमबहादुर रानाका अनुसार त्यस वडामा ७५ घरधुरीका २ सय ४१ ज्ना मजदुरहरुलाई राहत वितरण गरिएको छ ।

त्यहाँका वडा सदस्य तुलबहादुर बुचाले नगरपालिकाको दिएको चामल दाल लगायको समाग्रीबाट त्यहाँका विपन्न वर्गलाई ठुलो राहत भएको बताए । वडा नम्वर १२ का वडाध्यक्ष कुलबहादुर टण्डनका अनुसार त्यस वडामा १ सय ३८ घरधुरीका ४ सय ७ जनालाई राहत वितरण गरिएको छ ।

सरकारले लकडाउन थप गरे दोश्रो चरणमा राहत वितरण गरिने जानकारी दिदै मेयर डिल्लीराज भुसालले यो महाविदको बेलामा जुन सुकै समस्या परे पनि नगरपालिकालाई सुचित गरे तत्काल समस्या समधान गरिने बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !