कमल पौडेल, खर्वाङ २०७६ चैत २७ । बडीगाड गाउँपालिकाले कोरोना भाइरस कोभिड १९ वाट प्रभावित असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायहरुलाई राहत प्रदान गरि उद्धार गर्ने उद्देश्यले प्रकोप व्यावस्थापन कोष खडा गरेको र गाउँपालिकाले सो कोषमा रकम जम्मा गर्ने निर्णय गरेको छ ।
गाउँकार्यपालिकाको तर्फवाट स्वास्थ्य विमामा खर्च गर्ने गरि विनियोजन गरेको रकम मध्यवाट ९ लाख सो कोषमा छुट्याउने निर्णय भएको र प्रदेश सरकारबाट प्राप्त अनुदान ५ लाख गरि १४ लाखको कोष तयार भएको सुचना अधिकारी थम्मन रेश्मीले जानकारी दिए ।
गाउँपालिकाले सो कोषमा सहयोग गर्न जनप्रतिनिधि, उद्योगी, व्यापारी, शिक्षक, कर्मचारी, राजनैतिक दल, सामाजिक संघ÷संस्था तथा सहयोगीहरुलाई अनुरोध समेत गरेको छ ।
सहयोगको लागी अनुरोध जारी गर्दै गाउँपालिकाले सहयोग रकम प्रभु बैंकको बडगिाड शाखामा भएको खाता नं. १६८००२०११५८०४७०००००६ मा जम्मा गर्न आग्रह गरेको छ । पालिकाले राहत वितरण लगाएतको विषयमा छलफल गर्न शुक्रवार सर्वदलिय सर्वपक्षिय बैठक आयोजना गरेको जनाएको छ ।