निर्मल पौडेल, गुल्मी २०७६ चैत २७ । गुल्मीको कालिगण्डकी गाउँपालिकामा राहत वितरण कार्यलाई अगाडी वढाईएको छ । विश्वभरी महामारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाईरसको कारण लकडाउन भएको अवस्थामा निम्न वर्गका नागरिकहरुलाई समस्या नहोस भनेर गाउँपालिकाले पालिका भित्रका वार्डहरुमा राहत वितरण कार्यलाई अगाडी वढाएको हो । विहिवार गाउँपालिकाको वार्ड नम्वर २ मा रहेका विपन्न तथा निम्न वर्गका करिव १ सय ३५ परिवारमा राहत वितरण गरिएको हो ।
गाउँपालिकाले स्थापना गरेको विपत व्यवस्थापन कोष मार्फत वार्डमा रहेका निम्न वर्गका नागरिक हरुलाई दाल चामल नुन,तेल लगायतका खाद्दन्न सामाग्री वितरण गरेको स्थानिय युनिक न्यौपानेले जानकारी दिएका छन् । गाउँपालिकाले परिवारको संङ्ख्याको आधारमा राहत वितरण गरिरहेको छ भने हरेक वार्डमा २ लाख वरावरको रकम छुट्याएर पीडित घरपरिवार हरुलाई राहत प्रदान गरेको छ । वार्ड नम्वर २ मा वार्ड अध्यक्ष न्यौपानेको संयोजकत्वमा राहत वितरण गरिएको र हरेक वार्डमा वार्ड अध्यक्ष मार्फतनै राहत प्रदान गरिएको न्यौपानेले जानकारी दिएका छन् ।