Sorry, that menu does not exist.
 

कामदारलाई राशनखर्च नदिएर बिचल्ली पार्ने ठेकेदार/नाईके पक्राउ !
७ सयलाई घर पठाईयो १८ सय जना कामदारको थातबासको व्यवस्था मिलाईएको छ-प्रजिअ ढकाल

प्रेम सुनार, म्याग्दी/गुल्मी २०७६ चैत २८ । सरकारले लकडाउनको घोषणा गरे लगत्तै कामदारलाई राशन खर्च नदिई अलपत्र छाडेर हिड्ने निर्माण ब्यवसायी र काम कजाउने नाईकेहरुलाई म्याग्दी जिल्लाका प्रमुख जिल्ला अधिकारी ज्ञानाथ ढकालले पक्राउ गरि कार्बाही प्रकृया अगाडी बढाएका छन् ।

दुई दिन अघि मात्र ३ जना ठेकेदारलाई पक्राउ गरि एक रातभर प्रहरी हिरासतमा राखी विहिवार निर्माण ब्यवसायी र उनीहरुका आफन्तजनको रोहवरमा धरौटीमा छाडिएको प्रमुख जिल्ला अधिकारी ढकालले बताए ।

उनले भने–‘ संक्रमण रोग ऐन २०२० को दफा ३ उपदफा २ बमोजिम संक्रमण रोग नियन्त्रण गर्न असहयोग गर्ने जो कोहीलाई कार्बाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिईएकोले नियन्त्रणमा लिई कार्बाही प्रकृया अगाडी बढाईएको हो । ’

कामदारहरु प्रति कम शंवेदनशील हुने निर्माण ब्यवसायीहरुलाई नियन्त्रणमा लिने, सम्झाएर जिम्मेवार बनाउने र अटेरी गरेको पाईए कानुन अनुसार कार्बाही गरिने छ । उनले लकडाउन सम्म म्याग्दीका विभिन्न विकास निर्माणमा करिव २५ सय जना कामदारहरु रहेको त्यस मध्ये ७ सय ८ जनालाई घर पठाईएको र १७ सय ८४ जना घर पठाउन बाँकी रहेको जानकारी दिए ।

रहुघाट हाईड्रो , मिस्त्रीखोला हाईड्रो , घारखोला , कालिगण्डकी कोरिडोर र वेनी जिल्ला अस्पतालको भवन निर्माण लगायतका ठुलो योजनाहरुमा काम गर्ने कामदारहरुलाई आफुहरुले थात वासको ब्यवस्था मिलाईएको प्र.जि.अ ढकालले बताए ।

सीमानाका जंगल र खोलाहरुबाट हिडेर भाग्ने क्रम रोकिएको दावी गर्दै प्रजिअ ढकालले भने–‘ अँस्ती मात्रै वेनी अस्पताल भवनको निर्माण कार्यमा रहेका २७ जना कामदारहरु आफ्नो घर रोल्पा हिडेर जान भनि हिडेका रहेछन् प्रशासनले तत्काल प्रहरीको टक पठाएर फर्काई थात वासको ब्यवस्था ग¥्यो । कालिगण्डकी कोरिडोरका १३ जना कामदार पनि त्यसरी नै भागेका थिए । उनीहरुलाई पनि फर्काएर ब्यवस्थापन गरिएको छ ।

उनीहरु सदरमुकाम वेनीबाट ८ किलो मिटर दुरीमा पर्ने तातोपानी जंगल र अर्को टोली सिम्घा सम्म हिडेर पुगेको बेला प्रहरीmले फर्काएको जनाईएको छ । तीन दिन अघि वेनीबाटै हिडेर गुल्मी हुँदै आफ्नो घर दाङ्घ पुग्दै छन् केहि कामदारहरु ।

उनीहरु संग खर्च अभावका कारण भोकै हिडेर बागलुङको गल्कोट नगरपालिकामा आई पुगेको बेला त्यस नगरपालिका वडा नम्वर २ का वडाध्यक्ष हिमबहादुर भण्डारीले एक रात खान बस्नको ब्यवस्था मिलाई अँस्ती गुल्मीको सदरमुकाम तम्घास पठाएका थिए । उनकै सम्पर्कमा गुल्मीको रेसुङ्घा नगरपालिका वडा नम्वर २ का वडाध्यक्ष भरत भलामीले तम्घासमा एकरात खान बस्नको ब्यवस्था गरि हिजो अर्घाखाँची तर्फ पठाएका थिए ।

त्यहाँ पनि सन्धिखर्क नगरपालिका १२ का वडाध्यक्ष नारायण खड्काले अहिले हिजो राती खान बस्नको ब्यवस्था मिलाई विहान केहि बेर अघि दाङ्घ तर्फ दुई हजार बाटो खर्च दिएर पठाएको बताईएको छ । यसरी उनीहरु वेनीबाट हिडेको ६ दिन भएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !