Sorry, that menu does not exist.
 

नेपाली काग्रेसले दियो बडीगाड गाउपालिकालाई एन नाइन्टी फाईभ पीपीई !

छविलाल पाण्डे, बुर्तिवाङ २०७६ चैत २८ । नेपाली काग्रेस क्षेत्र नम्वर २ बागलुङले थालेको स्वास्थ्य सामाग्रि हस्तान्त्रण अभियान अन्र्तगत आज वडीगाड गाउँपालिका कार्यालय तथा पालिका अन्र्तगत रहेका स्वास्थ्य सँस्थामा स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

पार्टीले बडीगाड गाउपालिकालाई जुन स्वास्थ्य सँस्थामा बढि आवस्यक पर्दछ त्यहा पठाउन भन्दै गाउपालिका अध्यक्ष मेयरसिँह पाइजालाई एन नाइन्टि फाएभ पीपीई हस्तान्त्रण गरीएको जनाइएको छ । पालिकालाई अन्य स्वास्थ्य सामाग्रि समेत हस्तान्त्रण गरिएको हो ।

वडीगाड गाउँपालिका क्षेत्र भित्र रहेका भिमगिठे स्वास्थ्य केन्द्र, ग्वालीचौर स्वास्थ्य केन्द्र, खाल सवस्थ्य इकाई, दर्लीङ स्वास्थ्य चौकीमा क्षेत्रीय सभापती आफै पुगेर तथा अन्य स्वास्थ्य इकाईमा जनप्रतिनीधी र पार्टीका कार्यक्रताको रहोबरमा स्वास्थ्य सँस्थामा उपलब्ध गराउने गरी एक,एक थान पिपिई उपल्बध गराइएको छ ।त्यस्तै मास्क, सेनिटाईजर, ग्लोब जीवनजल, सिटामोल जस्ता औषधि तथा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।

स्वास्थ्य सामाग्री विभिन्न स्वास्थ्य संस्थाका प्रमुखलाई जनप्रतिनिधि र नेपाली काग्रेसका पदाधिकारीद्धारा हस्तान्तरण गरेकोे नेपाली काग्रेश क्षेत्र नं २ ले जनाएको छ ।

बडीगाड गाउपालिकाव्दारा आयोजित एक कार्यक्रमका अवसरमा गाउपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दे नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर २ का सभापति दोण कुमार कुवँरले नोवेल कोरोना भाईरसको संक्रमणका कारण आम मानिस त्रसित भएको अबस्थामा आम मानिसलाई त्रासबाट सचेत बन्न र सावधानी अपनाउन आग्रह गरे । उनले स्वास्थ्य सस्थामा कार्यरत चिकित्सकहरुलाई सुरक्षित रुपमा सेवा प्रवाहमा सहजता प्रदान गर्न आवश्यक सुरक्षा सामाग्री सहयोग गरेको बताउँदै पिवदलाई सामना गर्न सबैएक्य बद्ध भएर लाग्नुपर्ने बताए ।

आफुहरुले बागलुङ क्षेत्र नं.२ अन्र्तगत रहेका ढोरपाटन नगरपालिका, तमानखोला गाउँपालिका, निसीखोला गाउपालिका र गल्कोटन नगरपालि अन्र्तगत पर्ने सबै स्वास्थ्य सँस्थामा स्वास्थ्य सामाग्रि हस्तान्त्रण गरीएको बताउदै ताराखोला गाउपालिकामा वितरणको तयारी रहेको जानकारी दिए ।

कारोनाका कारण नेपालको सन्दर्भमा स्वास्थ्यकर्र्मीनै सुरक्षित रहने खालका स्वास्थ्य सामाग्रि अभाबका कारण थप समस्या नहोस भन्ने हेतुले यस्तो अभियान थालिएको बताउदै दोश्रो चरणमा समेत उत्कृण्ट खालको पीपीई वितरणको तयारी रहेको बताए ।

वडीगाड गाउपालिकामा आयोजित कार्यक्रममा गाउँपालिका प्रमुख मेयरसिँह पाईजा, जिल्ला सम्मोन्य समिती बागलुङका उपसम्योजक विष्णु भुसाल, गाउपालिका उपप्रमुख अमर थापा, नेपाली काग्रेस जिल्ला सदस्य गण्डकी थापा अधिकारी लगाएत जनप्रतिनिधि र राजनैतिक दलको उपश्थिती रहेको थियो त्यस्तै स्वास्थ्य सँस्थामा आयोजित हस्तान्त्रण कार्यक्रममा सम्बन्धित वडाका अध्यक्ष, जिल्ला सदस्य सरस्वती आर्चाय, महादिवेशन प्रतिनिधी सोम पौवी, बागलुङ क्षेत्र नं.२ प्रदेश (ख) सचिव दिपेन्द्र श्रेष्ठ, पार्टीका नेता, स्वास्थ्यकर्मी लगाएतको उपस्थिती रहेको थियो ।
पार्टीले यस अगाडी स्वास्थ्य सामाग्रि वितरण गरेका पालिकामा एन नाइन्टी फाएभ पीपीई वितरणको अभियान समेत अगाडी बढाएको हो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !