Sorry, that menu does not exist.
 

बिपद व्यवस्थापन समितिव्दारा गल्कोट स्थित स्वास्थ्य चौकीहरुको अनुगमन !

मित्रलाल खरेल, गल्कोट २०७६ चैत २९ । गल्कोट नगरपालिकाले कोरोनाको संभावित संक्रमण रोक्न गठित बिपद व्यवस्थापन मुल समितिकी सल्लाहकार एवं गल्कोट नगरपालिका नगरउपप्रमुख रेणुका काउचा मगर, संयोजक डा अरुण गौतम, वडाध्यक्ष नारायणध्वज मल्ल, पत्रकार सहितको टोलीले गल्कोट नगरपालिका १ दुदिलाभाटी, २ नरेठाँटी र वडा नं ८ काँडेबास र वडा नं ९ मल्म आँगाखेतमा रहेका स्वास्थ्य चौकीहरुको निरीक्षण अवलोकन गरेको छ ।

टोलीले स्वास्थ्य संस्थाहरुमा प्रयाप्त औषधि छ छैन, हरेक विरामीहरुले स्वास्थ्य चौकीहरुबाट सेवा सुविधा पाए नपाएको, स्वास्थ्यकर्मीहरुले सेवाग्राही प्रति गरिरहेको व्यवहारका वारेमा जानकारी लिनुका साथै काँडेबास बजार स्थित जनजागृति माध्यमिक विद्यालयमा निर्मित क्वारेन्टाईनमा रहेकाहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको व्यवस्थापन समितिका संयोजक डा गौतमले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !