बडीगाड (भिङगिठे) २०७६ चैत २९ । बागलुङ जिल्ला बडीगाड गाउँपालिका वडा नं ७ स्थित भिमगिठे स्वास्थ्य चौकीमा बडीगाड गाउपालिका अन्तर्गतका ६, ७, ८, ९ र १० समेत पाँच वडाहरुमा चैत महिनामा बिदेशबाट आएका ५३ जना COVID-19 भाईरसकाे RDT Test कार्य सम्पन्न भएको छ ।
आज RDT Test (परीक्षण) गरिएकाहरू मध्य पुरुष ४४ जना र महिला ९ जना रहेका छन । जसमा बडीगाड वडा नं ६ बाट ७, वडा नं ७ बाट १२ जना, ८ बाट ६ जना, ९ बाट ८ जना र १० बाट २० जना गरि जम्मा ५३ जनाको RDT Tes कार्य सम्पन्न भएको छ भने सबै ५३ जनाको रिपोर्ट नेगेटिव आएको छ । बडी नं ७ मा निर्माण गरेको क्वारेन्टाइनमा रहेका दुई जनाको समेत रिपोर्ट नेगेटिव आएकोले उनीहरुलाई आजनै घर पठाईएको वडाध्यक्ष कृष्ण गुरुङले ईबागलुङलाई बताए ।
लकडाउनको पालना गर्न गराउन र सचेत रहन बडीगाड गाउँपालिका वडा ७ को कार्यालय सबैमा हार्दिक अनुरोध गरेको छ ।
भिङगिठे स्वास्थ्य चौकीमा COVID-19 भाईरसकाे RDT Test गरिएका सबै ५३ जनाको रिपोर्ट नेगेटिव !
२०७६ चैत्र २९, शनिबार १७:२२
Home Slider, Top News, अन्य समाचार, प्रमुख समाचार
Related Posts
२०७८ जेष्ठ ९, आईतवार ०८:२१
खर्वाङ आधारभुत स्वास्थ्य इकाइलाई स्वास्थ्य सामाग्रि हस्तान्तरण
२०७७ मंसिर ८, सोमबार ११:१३