छविलाल पाण्डे बुर्तिवाङ (बागलुङ) २०७६ चैत २९ । चैत महिनामा भारत लगायत विभिन्न देशहरुबाट बागलुङ घर आएका व्यक्तिहरुको कोरोना भाईरसको -यापिड टेस्ट सुरु भएको छ । शनिबार ढोरपाटन नगरपालिकाको वडा नं.५, ६, ७, ८ र ९ वडामा रहेका व्यक्तिहरुको -यापिड टेस्ट गरिएको छ । ढोरपाटन ५ को अधिकारीचौर स्वास्थ्य चौकीमा ३३, वडा नं.८ बोबाङ स्वास्थ्य चौकीमा २३ जना र ढोरपाटन स्वास्थ्य इकाई ढोरपाटनमा २१ जना गरी ७७ जनाको -यापिड टेस्ट गरीएको र सबैको रिपोर्ट नेगेटिव देखिएको ढोरपाटन नगरपालिका निवर्तमान स्वास्थ्य सँयोजक ऋतुवर्ण पौडेलले ईबागलुङलाई बताए ।
जिल्ला जनस्वास्थ्य कार्यालयबाट ल्याब टेक्निसियन डिल्ली प्रसाद आर्चायको रोहबरमा ढोरपाटन नगरपालिका स्वास्थ्य संयोजक घनश्याम शर्मा, ढोरपाटन नगरपालिका पूर्व स्वास्थ्य संयोजक ऋतुवर्ण पौडेलको टोलीले स्वास्थ्य सँस्थामा पुगेर -यापिट टेस्ट गरेको हो । त्यस्तै भोलि आइतबार नगरपालिकाको वडा नं.१, २, ३ तथा आज छुटभएका व्यक्तिहरुको बुर्तिबाङ प्राथमिक स्वास्थय केन्द्रमा बिहान ७ देखि ९ बजे सम्म र बिहान १० देखि ११ बजेसम्म वडा नं.४ खुँगा स्वास्थ्य चौकीमा -यापिड टेस्ट कार्यक्रम रहेको स्वास्थ्य संयोजक घनश्याम शर्माले बताए ।
निसीखोला गाउँपालिकामा समेत आज ७ वटै वडामा विदेशबाट आएका व्यक्तिहको -यापिड टेस्ट गरिएको छ । जसमा देविस्थान स्वास्थ्य चौकीमा वडा नं.१,२ र ७ का ३३ जना र बोहोरागाउँ स्वास्थ्य केन्द्रमा वडा नं.३,४,५ र ६ का ८२ जना गरी कुल १ सय १५ जनाको नमुना परिक्षण नेगेटिभ देखिएको निसीखोला गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले बताए ।
उनका अनुसार भारतबाट आएका ३ जना आजको परिक्षणमा छुटेका कारण भोलि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पठाईने छ । ¥यापिड टेस्टका लागि जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङबाट ३ जनाको टोली आएको छ । शुक्रबार तमानखोला गाउँपालिकामा टेस्ट गरिएका सबै ७ जनाको रिपोर्ट नेगेटिव आएको छ ।
बागलुङ नगरपालिकामा शुक्रबार २८ र शनिबार ७४ जना गरी एकसय दुई जनाको -यापिड टेस्ट गरिएकोमा सबैको रिर्पाेट नेगेटिव देखिएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिएका छन् । त्यस्तै बरेङ गाउँपालिकामा शुक्रबार ७ जनामा गरिएको -यापिड टेस्टमा सबैको रिर्पाेट नेगेटिभ देखिएको छ । ।