Sorry, that menu does not exist.
 

काठेखोलामा नेराशि संगठनको भेला : उपाध्यायको आयोजक समिति गठन

बागलुङ, २०७४ बैशाख १० । नेपाल राष्ट्रिय शिक्षक संगठन काठेखोला गाउँपालिका संगठन कमिटिको भेला शनिवार काठखोला गाउँपालिका ६ सूल्डाडास्थित भीमसेन उच्च माविमा सम्पन्न भएको छ । भेलाले चन्द्रमणी उपाध्यायको संयोजकत्वमा नेपाल राष्ट्रिय शिक्षक संगठन काठेखोला संगठन आयोजक समिति गठन गरेको छ ।

आयोजक समितिको सहसंयोजकमा डिलबहादुर कार्की तथा सदस्यहरुमा बद्रीबहादुर भण्डारी, नेत्रकुमारी विक, गोपाल श्रीस, लक्ष्मी विक, ठाकुर कंडेल, हर्कबहादुर थापा, ओमबहादुर थापा, हरिबहादुर कुँवर, गंगा वि.क, हिरालाल कंडेल र चीत्रबहादुर कार्की रहेका छन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपा एमालेका जिल्ला सचिवालय सदस्य तथा काँठेखोला गाउँपालिका संगठन कमिटिका संयोजक डिल्लीराज गौतमले शिक्षकहरुको हकहित लगायत शिक्षाको गुणस्तर बढाउन नेपाल राष्ट्रिय शिक्षक संगठनको भूमिका महत्वपूर्ण रहेको बताए ।
उनले शिक्षाको गुणस्तर विकाससंगै समाज रुपान्तरणका लागि अग्रगामी सोंचका साथ शिक्षकहरुले समाजमा भूमिका निभाउनु पर्नेमा जोड दिए ।

कार्यक्रममा नेकपा एमालेका जिल्ला सचिवालय सदस्य तथा काँठेखोला गाउँपालिका संगठन कमिटिका सहसंयोजक अञ्जु जि.सी. (हुमा) ले मुलुकको राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका शिक्षकहरुले आर्थिक तथा सामाजिक रुपान्तरणमा समेत सक्रिय भूमिका निभाउनु पर्नेमा जोड दिएकी थिईन् ।

कार्यक्रम नेपाल राष्ट्रिय शिक्षक संगठन काँठेखोला गाउँ संगठन समितिका संयोजक चन्द्रमणी उपाध्यायको अध्यक्षता, नेपाल शिक्षक यूनियन बागलुङका पूर्व सचिव थानेन्द्रप्रसाद गौतमको सञ्चालन र संगठनका सदस्य बद्रीबहादुर भण्डारीको स्वागतमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply