Sorry, that menu does not exist.
 

कविता : नयाँ वर्षको शुभकामना !

नयाँ वर्षको भव्य शुभकामना ।।
यो नियतीको चक्रले
फेरी एउटा
सेल पकाएको छ
टाउकोले चाख्नुहोस्
दाईने हात छातीमा राखेर
भन्नुहोस्
र महशुस गर्नुहोस्
तीतो,अमिलो पिरो,टर्रो नुनिलो या गुलियो
कस्तो छ ?
मनको जिव्रोले स्वाद लिएर दिनुहोस्
नयाँ वर्षको भव्य शुभकामना ।।

फेरी उही शुरुवात हो
उषाकालमा पुर्वमा झुल्कीएर
एकछिन तमाशा हेरी
पश्चिम छितिजको आकाशमा
सन्ध्याकालमा डुव्ने घामको,
जसरी
त्यो सुर्यले एक दिनको
फन्को लगाउछ
त्यसरीनैे जिन्दगीले आज
कयैँन दिनहरुको फन्को मा¥यो
आखिर कस्तो फन्को मा¥यो ?
पहिले स्वयं उत्तर खोजेर भन्नुहोस्
नयाँ वर्षको भव्य शुभकामना ।।

समयले ऋतु फेरेझैँ
वृक्षले पात फेरेझैँ
भनौँ
दिनले रात
रातले विहानी
विहानीले दिन
दिनले साँझ फेरेझैँ
नफेरोस जिन्दगीले गन्तव्य
यही गन्तव्यको अनन्त सफरसम्म पुग्न सकौँ
हजुर लाई
नयाँ वर्षको भव्य शुभकामना दिँदै दिँदै।

नयाँ वर्षको नाममा
केवल
भित्तमा तर्लङ्ग झुण्डीएको
भित्ते पात्रो मात्र नफेरियोस्
नयाँ विहानी सँगै
वन्न सकोस नयाँ सृष्टिको नयाँ सिर्जना
वाह जिन्दगी भन्न सकोस
वाह संसार वन्न सकोस

दिन सकोस दिलका दाँत देखाएर
नयाँ वर्षको भव्य शुभकामना।।

जगत मुक्त होस
विपत,काल,भय,भोक,रोग,त्रासवाट
मुक्त हुन् यी मान्छेहरु
कुविचार,
लोभ लालच,क्रोध र मोहका जञ्जिरतावाट
माथी उठेर
भन्न सकुन्
नयाँ वर्षको भव्य शुभकामना ।।

गलामा सीमित
समृद्धिका वर्षौँ पुराना वागद्धारहरु खुल्ला हुन्
वन्द हुन कपटीका छाडा आवाजहरु,
शुन्य हुन् धर्तीमा कलंकृत धुनहरु
त्यो सुर्यको किरण झैँ
चम्कियोस् जननी मुहार
वर्षा होस सदैव शुख शान्ति,समृद्धिको

विकासको मुल वग्न सकोस निर्मल गंगाझै
निरन्तर निरन्तर
हजुरलाई नयाँ वर्षको भव्य शुभकामना ।।

निर्मल पौडेल एन.पि.घायल
कुस्मा पर्वत ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !