Sorry, that menu does not exist.
 

बडीगाडका घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता : गलत व्यक्तिलाई सिफारिस गरे कार्बाही !

कमल पौडेल, खर्वाङ २०७७ बैशाख १ । बडीगाड गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता टोलटोलमै पुगेर गर्ने भएको छ। बैंकबाट वितरण गर्दा पनि सामाजिक दुरी कायम राख्न असजिलो हुने र भिडभाड समेत हुन सक्ने भएकोले वडा सचिव मार्फत टोलटोलमै पुगेर र संभव भएसम्म घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने तयारी भैरहेको गाउँपालिकाका सुचना अधिकारी थम्मन बहादुर रेश्मीले ईबागलुङलाई जानकारी दिए ।

लकडाउनले घरमै रहेका जेष्ठ नागरिक, असहाय, एकल महिला तथा अपाङ्गता भएकाहरुलाई घरमै पुगेर एक हप्ता भित्रै भत्ता वितरण गरिन लागेको उनले बताए ।

यसैविच बडीगाड गाउँपालिकाले प्रत्येक वडावाट दैनिक गुजरा गर्न समस्या भएका असहाय, दैनिक ज्यालादारी गर्ने मजदुर, अतिविपन्न नागरिकहरुलाई राहत वितरण गरिरहेको जनाएको छ । तर घरमा खानेकुरा भएका कसैले पनि राहतमा दावी नगरिदिनुहुन र छिमेकमा कसैलाइ सहयोगको आवश्यकता परेको भए खवर गर्न गाउँपालिकाले आग्रह गरेको छ । कुनै जनप्रतिनिधि तथा कर्मचारीले खाद्यान्न हुँदा हुँदै कसैलाइ खाद्यान्न सकिएको भनि सिफारीस गरे स्वयं सिफरिस कर्तालाई नै कार्वाही गरिने र कोहिपनि नागरिकलाई भोकै मर्न नदिइने प्रमुख प्रशासकिय अधिकृत वालकृष्ण सुवेदीले बताए । गाउँपालिकाले उद्योग वाणिज्य संघ संग समन्वय गरि पसलहरुमा राहतका प्याकेट तयारी गरेको छ, समस्यामा परेको परिवारलाई वडा कार्यालयव्दारा कुपन प्रदान गरि पसलवाट सामाग्रि लैजाने व्यवस्था मिलाएको छ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !