Sorry, that menu does not exist.
 

ढोरपाटनमा सामाजिक सुरक्षा भत्ता वितरणको नाउँमा लकडाउनको ठाडो उल्लँघन !

बुर्तिवाङ २०७७ बेशाख २ । ढोरपाटन नगरपालिकाले देशमा जारी लकडाउनको ठाडो उल्लंघन गरी सामाजिक दुरी (सोसियल डिस्ट्यान्सिङ)को बेवास्ता गर्दै दुई तीन वडाका जेष्ठ नागरिकहरुलाई एकै ठाउँमा जम्मा गरी सामाजिक सुरक्षाभत्ता वितरण गर्न थालेकोमा स्थानीयले तीब्र विरोध जनाएका छन् ।

विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरसको रोकथाम, नियन्त्रण र उपचारका लागी सरकारले देशमा लकडाउन गरेको छ । यस रोगलाई फैलिन नदिन विभिन्न कदमहरु उठाएको छ , जस्मा सामाजिक दुरी एक हो । मानिसहरुको भीडभाड हुन नदिने, एक व्यक्ति अर्को व्यक्तिबीचको दुरी कम्तीमा एक मिटरको हुनपर्र्ने आदि गम्भीर विषयलाई बेवास्ता गर्दै नगरपालिकाले ढोरपाटनका विभिन्न वडाहरुमा सामाजिक सुरक्षा भत्ता वितरण गर्दा लकडाउनमा पालना गर्नु पर्ने निर्दिष्ट कुराहरुलाई गौणरुपमा लिइएकोले यसबाट भयावह स्थिति आउन सक्ने नगरवासीले महसूस गरेका छन् । धेरै मानिहरु जम्मा गराएर लकडाउनको खिल्ली उडाएको भन्दै गुनासो गरिरहेका छन् ।

गत शनिवार मात्रै प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुको नेतृत्वमा सुरक्षा प्रमुखहरुको टोली ढोरपाटन नगरपालिकाको बुर्तिवाङ, निसीखोला, तमानखोला र बडीगाड गाउपालिकाहरुको अवलोकन गर्दै स्थानीय जनप्रतिनिधीहरुसंग छलफल गरी लकडाउनको पूर्णपालना गर्ने विषयमा छलफल गर्नुका साथै एकव्दार प्रणालीबाट राहत वितरण, सामाजिक दुरीको पालना, क्वारेन्टाईन आईसोलेसन कक्षको निर्माण आदि अहं विषयमा छलफल गरेको थियो । तर अहिले त्यस्को ठाडो उल्लंघन भैरहेको भन्दै नगरवासीले आक्रोस व्यक्त गरेका छन् ।

नगरपालिकाका वडा अध्यक्षहरु सँग समन्वय नै नगरी एकाएक हुलका हुल मानिस जम्मा गरेर नगरप्रमुख देवकुमार नेपालीले आफनो व्यक्तिगत सम्पत्ति जस्तै गरी सामाजिक सुरक्षा भत्ता वितरण गर्ने वातावरण सृजना गरेको स्थानियको आरोप छ ।

विगतमा वडा सचिबले गाउका टोलटोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरेपनी यसपटक कोरोना त्रासको समयमा लकडाउनलाई पालना गर्दे घरघर वा टोलमै पुगेर वितरण गर्नुको साटो मानिसहरु जम्मा गरेर तमासा देखाउने काम भयो आफहुरुको कुरा सुनुवाई हुँदैन ढोरपाटन नगरपालिका ७ का वडा अध्यक्ष दिपक थापाले बताए ।
नगरपालिकाले चैत ३० गते ढोरपाटन ९ देखि सुरु गरेको भत्ता वितरण अभियानमा बैसाख १ गते वडा नं. ८ को कार्यक्रममा नगरप्रमुख नेपाली स्वयं उपस्थित भएका थिए । त्यस्तै आज वडा नं.७ को ज्ञानोदय माविमा ३ सय बढि नागरीकलाई सामाजिक सुरक्षा भत्ता वितरण गरीिदै छ । १ गते भत्ता लिन छुट भएका वडा नं.८ का नागरीक समेत वडा नं.७ मै आउँदा बढी हुलमुल भएको हो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !