मित्र खरेल, गल्कोट २०७७ बैशाख ३ । गल्कोट नगरपालिकाका केहि वडाहरुमा भीषण असिना पानी परेको छ । आज दिउसो सवा ३ बजेको समय २ मिनेट जती आँधीबेहरी सहित परेको असिना पानीले परेको गल्कोट नगरपालिकाको वडा नं ७ को मल्म, सानोखोला, आँगाखेत र वडा नं ९ को बाँसखोला, गल्याङबासीलाई त्राहिमाम बनाएको वडा नं ९का वडाध्यक्ष तेजबहादुर थापाले बताए । वडाध्यक्ष थापाले अझै दुईतीन मिनेट त्यहि रफ्तारले असिना पानी परेको भए यो क्षेत्र सेताम्मे हुने जानकारी दिए । अहिले असिना र पानी थामिएको छ, कहाँ के कति नोक्सान भएको छ जानकारी संकलन गरिरहेको बताए ।
गल्कोट ३ का वडाध्यक्ष विरजंग भण्डारीले हटियामा त्यति ठुलो वर्षा र असिना नपरेपनि यस वडाको माथिल्लो भागमा पानी सहित असिना परेको जानकारी आएको ईबागलुङलाई बताए । पत्रकार थम्मन थापाले मल्ममा भीषण असिना पानी परेका जानकारी दिँदै क्षतीको विवरण प्राप्त नभएको बताए । विडम्वना गत वर्ष २०७६ सालको बैशाख ३ गते आजकै दिन गल्कोट उपत्यकामा परेको भीषण वर्षा सहितको असिना पानीले करोडौँको क्षती पुगेको थियो ।
बागलुङ नगपालिका र जैमिनी नगरपालिकामा हिँजो साँझ पख हावाहुरी र चट्याङबाट ७ जना घाइते भएका थिए ।
गल्कोटमा आएको असिना,पानी,बाढीले करिब ५ करोडको क्षती, ३ सय रोपनी जग्गा बगाएर अन्नबालि सखाप !
तस्वीर- थम्मन थापा / गुमानसिँह भण्डारी ।