Sorry, that menu does not exist.
 

मुसिकोट वामीको झेँदी र तेलादी जोड्ने बडीगाड नदीको मोटरबेल पुल भाँच्चियो !

कमल पौडेल, खर्वाङ २०७७ बैशाख ३ । छिमेकी जिल्ला गुल्मीको मुसिकोट नगरपालिका ७ वामीटक्सारको झेँदी र वडा नं ३ को बडागाउँ तेलादी जोड्ने बडीगाड नदी माथीको मोटरबल पुल आजै राति सवा ८ बजे भाँचिएको छ । आज दिउँसो ३ बजेतिर गल्कोटमा परेको भीषण वर्षा र असिनाले उर्लिएको दरम खोला र बडीगाड खोलामा आएको बाढीले झेँदी घाटको निर्माणाधीन मोटरबल पुल भाँचिएको हो । मुसिकोट नगरपालिका ३ तेलादी तर्फको पुलको भाग बडीगाड खोलाकै सतहमा पुगेको छ भने वामीटक्सार तिरको खण्ड खस्ने क्रममा रहेका छ ।

स्मरणीय के छ भने गत २०७६ सालको बैशाख २ गते सो मोटरेबल पुल निर्माणकै अवस्थामा भाँचिएको थियो भने आज त्यस्को ठीक एव वर्ष पछी बडीगाड र दरम खोलामा आएको बाढीका कारण भाँचिएको हो ।
यो लिंक पनि पढौं
बडिगाड खोलाको निर्माणाधीन झेंदी पुल भत्कियो, ५ जना घाइते, घाइतेको हटियामा उपचार हुँदै !

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !