बागलुङ २०७७ बैशाख ४ । धौलागिरी अस्पतालको आईसोलेसन कक्षमा उपचारत दुई जना कोराना संक्रमित महिलाहरु मध्य ६५ वर्षिया महिलाको स्वाब परीक्षणको रिपोर्ट नेगेटिव आएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आज प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको तेश्रो परीक्षणमा ती महिलाको रिपोर्ट नेगेटिव आएको हो ।
उनी भन्दा पहिले चैत १५ गते कोरोना संक्रमण पुष्टी भएकी १९ वर्षिया युवतीको भने प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको चौथो स्वाब परीक्षणको रिपोर्ट पोजेटिव आएको निर्देशनायले जनाएको छ ।
उनिहरु दुबै जना गत २०७६ चैत ४ गते बेल्जियमबाट दोहा हुँदै कतार एयरवेजको उडानबाट काठमाडौ आएका थिए ।