Sorry, that menu does not exist.
 

कर्मचारीव्दारा प्रकोप कोषमा रकम जम्मा : बैँक मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गरिने !

छविलाल पाण्डे बुर्तिवाङ २०७७ बैशाख ५ । निसीखोला गाउँपालिकामा कार्यरत कर्मचारीले गाउँपालिकाले सञ्चालन गरेको कोरोना राहत कोषमा ४० हजार २ सय ९२ रुपैयाँ जम्मा गरेका छन् ।

गाउँपालिकामा रहेका दुई जना स्थाई कर्मचारीद्धारा आफनो ५ दिनको पारिश्रमिक बापतको रकम र अन्य करामा रहेका १८जना कर्मचारीबाट ३ दिन बापतको पारिश्रमिक गरी उक्त रकम कोषमा जम्मा गरीएको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत इश्वरलाल शाक्यले बताए । सरकारले लिएको अभियानमा स्थानिय तह प्रकोप कोषमा उक्त रकम जम्मा गरीएको बताइएको छ ।

त्यसैगरी निसीखोला गाउँपालिकाले सामाजिक सुरक्षा भत्तालाई व्यवस्थित तवरले वितरण गर्नका निम्ती बैँक मार्फत सामाजिक भत्ता वितरण गर्न तयारी गरीएको बताइएको छ । कोरोना भाइसरबाट बच्न सरकारल थालेका लकडाउन अभियानलाई प्रभाबकारी बनाउने र बढी हुलमुल नहुने गरी बैँक मार्फत सामाजिक सुरक्षा भत्ता वितरणको तयारी रहेका कारण अब दुई दिनपछि प्रभु बैँक मार्फत सामाजिक सुरक्षा भत्ता वितरण हुने गाउँपालिका प्रमुख प्रशसकीय अधिकृत शाक्यले बताए ।
\

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !