भरत सापकोटा, बागलुङ २०७७ बैशाख ६ । काठेखोला गाउपालिका अन्तर्गतका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुको चैत महिनाको तलववाट मावि तहसरह तलवभत्ता पाउनेको हकमा ५ दिन वरावर (१६.६६%) र आवि तहको तलवभत्ता पाउने शिक्षकहरुको ३ दिन वरावर (१०%) ९१०५० तलब गरि कुल रु १०,७३,३३९ । काठेखोला गाउँपालिकाको कोरोना भाइरस रोकथाम तथा व्यवस्थापन कोषमा जम्मा गरियो ।
यसमा स्केल बमोजिम तलवभत्ता नभएका बालबिकास केन्द्रका सहजकर्ता, विद्यालयका सहयोगी, लेखापाल आदिको तलव कटौती गरिएको छैन । यस अघि नै गाउपालिकामा कार्यरत कर्मचारीहरुको ५ दिन र ३ दिन बराबरको तलव कोषमा जम्मा गरिसकिएको छ ।