Sorry, that menu does not exist.
 

धौलागिरी अस्पतालमा आईसीयू बेड : के के नै पाए जस्तो … !

बागलुङ २०७७ बैशाख ६ । बेल्जियमबाट दोहा हुँदै कतार एयरवेजको उडानबाट चैत ४ गते काठमाडौ ओर्लिएका यात्रुहरु मध्य बागलुङका दुई महिला कोरोना संक्रमित पुष्टी भएपछी बागलुङ मात्र नभएर छिमेकी जिल्लाहरुमा समेत सन्त्रास फैलिएको छ । कोरोना कहरले विश्वव्यापीरुप लिईरहँदाको सुरुवाती दौरमा सदरमुकाममै दुई दुईजना संक्रमित भेट्टिएपछी मुलुककै नजरमा बागलुङ पर्नु अस्वाभाविक थिएन ।

संक्रमितहरुलाई बागलुङ मै (धौलागिरी अस्पतालमा) राखी उपचार गर्ने भनिएपछी न आईसीयू न सीसीयू न भेन्टिलेटर, अत्यावश्यक उपकरणहरुको अभावमा यहाँ कसरी उपचार संभव हुन्छ ? भन्ने प्रश्न उठ्नु लाजमी थियो । संक्रमितहरुलाई बागलुङमै राखेर उपचार गराउने भनिएपछी भेन्टिलेटर र आईसीयू आदि अति जरुरी उपकरणहरुको व्यवस्थापन गर्नै पर्ने सरकारको दायित्व हुन आयो ।

विशेषज्ञ सहित दुर्ई दर्जन डाक्टरहरुको दरबन्दी रहेको धौलागिरी (अन्चल) अस्पतालमा अहिले सम्म भेन्टिलेटर, आईसीयू, सीसीयू आदि अति जरुरी उपकरणहरुको व्यवस्था नहुनु आफैमा लाजमर्नु थियो । यस्ता अति आवश्यक उपकरणहरु जिम्मेवार व्यक्ति वा निकायले बेलैमा व्यवस्था गर्न सक्नु पर्थ्यो । त्यो हुन नसकेपनि कोरोना भाईरसका कारण सरकारको ध्यान आकर्षित हुन सक्यो, भेन्टिलेटर आयो र आईसीयूका बेडहरु बने । अहिले यिनै बेडका तस्वीरहरु सामाजिक सन्जालमा पोष्ट गरेर के के नै पाए जस्तो सन्देश दिनु खुशीकै कुरा मान्नु पर्छ ।

अस्पतालमा उपचाररत संक्रमित ६५ वर्षिया महिलाको अन्तिम स्वाब परीक्षण रिपोर्ट नेगेटिव आएको छ, उनलाई आइतबार डिस्चार्ज गरिने बताईएको छ भने अर्की १९ वर्षिया युवतीको स्वास्थ्य अवस्था राम्रो भएको अस्पताल श्रोतको भनाई छ । युवती चैत १५ देखि आइसोलेसनमा छिन्। विश्वास छ,उनको पनि शीघ्र स्वास्थ्य लाभ हुनेछ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !