रामकृष्ण कँडेल, गुल्मी वामीटक्सार २०७७ बैशाख ७ । बागलुङ जिल्लाको जैमिनी नगरपालिका १० राङखानीको देवलधारा खानेपानी योजनामा कामगर्ने ७ जना श्रमिकहरु लकडाउनका कारण आफ्नो गृह जिल्ला रोल्पा जाने क्रममा अहिले बिहान मुसिकोट नगरपालिका कार्यालय वामीटक्सारमा अलपत्र परेका छन् ।
राङखानी देखी पैदल गल्कोट नगरपालिका २ नरेठाँटी आएका उनिहरुलाई वडाध्यक्ष हिमबहादुर भण्डारीले उद्धार गरी सवारी साधनको व्यवस्था मिलाएर विहान वामीटक्सार सम्म पठाएका थिए ।श्रामिकहरु यतिबेला मुसिकोट नगरपालिकाको कार्यालय वामीटक्सारमा छन् । नगरपालिकामा नगरप्रमुख सोमनाथ सापकोटा लगायत अन्य जिम्मेवार व्यक्तिहरु नभएको कारण उनिहरुको खानपिन व्यवस्था गरी गन्तव्य तिर पठाउन लागेको नेपाली काँग्रेसकी जिल्ला सचिव विष्णु सापकोटाले ईबागलुङलाई बताईन् । नगरप्रमुखज्यूहरु वामीटक्सारमा हुनुहुन्न र ? भनेर काँग्रेस नेतृ सापकोटालाई सोधेका थियौँ । नेतृ सापकोटाको जवाफ थियो, वडा नम्वर ७ का वडाध्यक्ष प्रकाश काफ्ले लगाएतका जनप्रतिनिधी टोली गाडी लिएर चन्द्रकोटको सीमानामा रहेको सालिमे दहको लेक तर्फ घुम्न गएको सुन्नमा आएको बताईन् ।
तम्घासमा प्रमुख जिल्ला अधिकारीज्यू संग यसबारेमा जानकारी गराएकी छु, अहिले खाना खुवाएर गन्तव्यमा पठाउने तयारी गरिएको पनि उनले बताईन् ।
यसरी राङखानीबाट रोल्पा र दाङ घरमा जान वामीटक्सार आएका श्रमिकहरुमा दलबहादुर घर्ती (३६), पुर्णबहादुर घर्ती (३०) रोल्पा ,तिर्थ बहादुर घर्ती (१८),बिरू पुन (२२) ९८६६७३९२२५,सोमराज रोका (२०),प्रकाश रोक्का (१८)रोल्पा,पुर्ण सिह घर्ती (३०)रहेका छन् ।
उध्दारको लागि उपप्रमुख कमला शर्मा, चुरामणी सापकोटा,मुसिकोट नगरपालिकाका कर्मचारीहरू,नेपाल प्रहरी लगायत सकृयता पुर्बक लागिपरेको अबस्था छ।