Sorry, that menu does not exist.
 

बागलुङ देखी बाँके/बर्दिया हिँडेका २४ जना मजदुरहरुको नगरपालिकाद्वारा उद्धार !

पुर्ण बिश्वकर्मा, गुल्मी,बैशाख ०७स गुल्मीको रेसुङ्गा नगरपालिकाले अलपत्र परेका मजदुरको उद्धार गरेको छ । छिमेकी जिल्ला बागलुङबाट बाके र बर्दियाका लागि पैदल हिडेर २४ जना मजदुरको तम्घासबाट उद्दार गरेको हो । नगरपालिकाले उनीहरुलाई तम्घासमा एकरदुई दिन अस्थायी रुपमा भोजन तथा बासको ब्यबस्था गरि केहिलाइ बैशाख ५ गते र बाकी रहेकालाई बैशाख ६ गते प्युठानको सिमा अग्लुङ्गफेदी सम्म पुर्याएको नगरप्रमुख डिल्ली राज भुसालले जानकारी दिए ।,

त्यस्तै नेपाल र भारतको सीमानामा पर्ने सुनौली नाकामा चार दिनदेखी अलपत्र परेकी गुल्मी तम्घासकी एक गर्भवती महिलाको नगरपालिकाले उद्दार गरेको छ । ४ दिनबाट नाकामा अलपत्र परेको जानकारी पाएपछि नगर प्रमुखको सक्रियतामा रु ८ हजार रुपैयाँमा एम्बुलेन्स पठाएर उक्त महिलाको उद्दार गरिएको हो १

भारतको उजैन जिल्ला घर बताउने एक जना भारतीय नागरिकको गुल्मीको पराल्मीबाट उद्दार गरि मानव सेवा आश्रम बुट्वल पठाइएको छ । सुस्त मनस्थिति भएका उनलाइ पराल्मीबाट तम्घास ल्याइ केही समय क्वारेन्टाइनमा समेत राखेर बुट्वल पठाइएको नगरप्रमुख भुसालले बताए ।

त्यसै गरि लकडाउन अबधिभर ५२ जनाको उद्दार तथा १०० भन्दा बढिलाइ भोजनको व्यबस्था गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले जानकारी दिए । नगरपालिकाले कोरोना महामारीबाट आउन सक्ने सम्भाबित बिपत्तिबाट बच्न आवश्यक योजनाहरु पनि बनाइएको उनको भनाई छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !