रामकृष्ण कँडेल वामीटक्सार २०७७ बैशाख ७ । दाङ र रोल्पा स्थायी घर भै बागलुङको जैमुनी नगरपालिका वडा न १० राङखानीबाट पैदल हिडदै आएका ७ जना अलपत्र श्रमिकहरुलाई मुसिकोट नगरपालिकाको सहयोगमा खानाखुवाई गुल्मीको वामिटक्सारबाट मदाने गाउपालिका सम्म सवारी साधनको ब्यबस्था गरि पठाइएको छ। मदाने गॉऊपालिका बाट अगाडिको यात्रामा मदाने गॉउपालिकाले सहयोग गर्ने सल्लाह भएको बुझिएको छ।
उनिहरूको उध्दारको लागि उपप्रमुख कमला शर्मा, नेपाली कॉग्रेस जिल्ला सचिब बिष्णु कुमारी सापकोटा, स्थानिय युवा चुरामणी सापकोटा, मुसिकोट नगरपालिकाका कर्मचारीहरू,नेपाल प्रहरी लगायत सकृयता रहेको थियो ।