Sorry, that menu does not exist.
 

सामाजिक दुरी कायम गरी बडीगाडका सबै वडाहरुमा एकै पटक सामाजिक सुरक्षा भत्ता वितरण सुरु !

कमल पौडेल, खर्वाङ (बागलुङ) २०७७ बैशाख ८ । बडीगाड गाउपालिकाका दशै वडाहरुमा आज देखी सामाजिक सुरक्षा भत्ता वितरण कार्य सुरु गरिएको छ । वैश्विक महामारीको रुप लिएको कोरोना भाईरस कोभिड १९ को रोकथाम नियन्त्रणका लागी देशमा जारी लकडाउनलाई मध्य नजर गरी सामाजिक दुरी कायम गरेर सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरिएको गाउपालिकाले जनाएको छ ।

सामाजिक सुरक्षा भत्ताको रकम बैँकबाट निकाली वडा सचिवहरुलाई जिम्मा दिईएको छ भने वडा सचिव नहुने वडाहरुका हकमा गाउपालिकाबाटै कर्मचारी खटाई जिम्मा लगाईएको छ । वडा सचिव र गाउँपालिका भित्र रहेका कर्मचारीकाे परिचालन गरि साथमा जनप्रतिनिधि सहित भत्ता वितरण गरिदै छ ।

बडीगाड गाउपालिकाका वडा सचिवहरुले वडाका टोलटोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण कार्य सुरु गरेका हुन् । सचिव नभएका वडाहरुमा गाउपालिका कार्यालयबाट कर्मचारी खटाएर भत्ता वितरण सुरु गरिएको छ । वडाहरुका टोल टोलमा उपस्थित भएर भत्ता बुझ्न असमर्थ वा अशक्तहरुलाई उनिहरुको घरमै पुगेर भत्ता वितरण गरिने गाउपालिकाले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !