केशबराज क्षेत्री २०७७ बैशाख ८ । गुल्मी शान्तिपुर बसपार्कको एक घरमा आगलागी भएको छ । आगलागीबाट १४ वर्षीय बालकको मृत्यु भएको छ ।
बरेङ गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष पूर्ण खनालको घरमा आगलागी हँदा घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । खनालको गुुल्मीको चन्द्रकोट गाउँपालिका वडा नम्बर ४ शान्तिपुर बसपार्कमा रहेको ३ तले पक्की घरमा बिहान ११ः५० बजे आगलागी भएको थियो ।
पेट्रोलबाट घरमा रहेको पसलमा आगो सल्किएर ३/४ वटा ग्यास सिलिन्डर पड्किएपछि आगो नियन्त्रणमा लिन गाह्रो भएको स्थानीय व्यापारी नरबहादुर वि.कले बताए । आगलागीमा परि करिब १४ वर्षीय बालकको मृत्यु भएको छ भने घाइते भएका घर मालिक पूर्ण खनाल र उनको श्रीमतीलाई उपचारका लागि पाल्पा पठाइएको विकले बताए ।