पुर्ण बिश्वकर्मा, गुल्मी २०७७ बैशाख ९ । गुल्मीको रेसुङ्गा नगरपालिकाले बन्दाबन्दी(लकडाउन) मा पनि सामाजिक दुरी कायम गर्दै हाटबजार संचालनमा ल्याएको छ ! लकडाउनको कारण किसानको उत्पादनले बजार नपाउने देखेपछि नगरपालिकाले हाटबजार संचालनमा ल्याएको हो ! अन्यत्र स्थानियतहका किसानले टाउको समाउनु परेका बेला गुल्मीको रेसुङ्गा नगरपालिकाले भने किसानको मर्म बुझेको छ ! नगरपालिका किसानकै करेसाबारीमा पुगेर तरकारी लगायत अन्य कृषिजन्य उत्पादन खरिद गरि हाटबजारमा ल्याउने गरेको छ !
लकडाउनको कारण बिक्री हुन नसकेको तरकारी नगरपालिकाले खरिद गरिदिए पछि आफुलाइ निकै राहत भएको अर्खलेका एक किसान बताउनु भएको छ ! नगरपालिकाले लकडाउन अबधिभरमा हाटबजार सन्चालन गरि करिब १२ लाख बराबरको कारोबार गरेको रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले बताए !
रेसुङा नगरपालिकाले तम्घासको चारिखोलामा १ करोड ३३ लाख ५० हजारको लागतमा निर्माण गरेको नयाँ हाटबजार २०७६ कात्तिकबाट सन्चालनमा ल्याएको थियो ! पाँच मेट्रीकटन क्षमताको शीतभण्डार सहितको हाटबजार पछि किसानलाइ नै हस्तान्तरण गर्ने उद्देश्य लिएको छ !
लामो लकडाउनको सामना सामना गर्नु परेका बेला नगरपालिकाले हाटबजार सञ्चालनमा ल्याउदा स्थानियले खुशी व्यक्त गरेका छन !