छविलाल पाण्डे, बुर्तिवाङ २०७७ बैशाख ९ । निसीखोला गाउँपालिका अन्तर्गत रहेका विद्यालयमा अध्यापनरत शिक्षकहरुले गाउँपालिकाले गरेको प्रकोप कोषमा राहत रकम जम्मा गर्ने निर्णय गरेका छन् ।
आईतबार गाउँपालिका अन्तर्गतका शिक्षकहरुको पेशागत सँघ सँगठनका प्रतिनिधीविचको बैठकले गाउँपालिकाले सञ्चालन गरेको प्रकोप कोषमा राख्ने गरी मावि तह कार्यरत शिक्षकव्दारा ३ दिन बराबरको तलब दिने, निम्न माध्यमिक तहका शिक्षकव्दारा २ दिन, प्राथमिक तहम कार्यरत शिक्षकहरुबाट १ दिन बराबरको तलव कोषमा जम्मा गर्ने निर्णय गरेको थियो ।
त्यसैगरी कार्यालय सहायक र सहयोगी, गाउँपालिका अनुदान शिक्षक र बाल विकास सहजकर्ताबाट एकदिन बराबरको तलब गाउँपालिकाले सञ्चालन गरेको कोषमा जम्मा गर्ने निर्णय भएकोे छ ।
निसीखोला गाउँपालिकाले निसीखोला गाउँपालिका प्रकोप कोष स्थापना गर्दै प्रभु बैँकमा खाता खोलेर अभियान सुचारु गरेको छ । केहिदिन पहिले गाउँपालिकामा कार्यरत शिक्षकहरुले समेत कोषमा रकम जम्मा गरेका छन् ।
सञ्चातिल कोषबाट गरीब, विपन्न परिवारका निम्ती राहात उपलब्ध गराउने। विभिन्न स्थानबाट गाउँपालिकामा आई अलपत्र परेका नागरीकको उद्धार गरीने लगाएतका क्षेत्रमा प्रयोग गरीने जनाइएको छ ।
त्यसैगरी निसीखोला गाउँपालिका सम्म विभिन्न क्षेत्रबाट पैदल यात्रा मार्फत आएका सल्यानका नागरिकलाई खाना खुवाउने, गाउँपालिकाको सिमाना पातिहाल्ने सम्म पुर्याउने काम गर्दे आएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत ईश्वरलाल शाक्यले बताए । आइतबार राति आएका निसीखोला आएका ४८ जनालाई खाना खुवाएर गाउँपालिकाको गाडी मार्फत रुकुम र बागलुङको सीमाना सम्म पुर्याइएको उनले बताए ।
त्यसैगरी प्रभु बैँक निसीखोला शाखा प्रबन्धक ज्ञानबहादुर क्षेत्री र साईन रेसुङगा बुर्तिबाङ शाखाका प्रवन्धक प्रेम पौडेलव्दारा व्यवसायीहरुसँगको समन्वयमा चाउचाउ, बिस्कुट लगाएतका खाध्यन्न सँकलन गरी विभिन्न जिल्ला पुग्दै गरेका पैदल यात्री र निसीखोला गाउँपालिका अन्र्तगत सडक, खानेपानीमा कार्यरत अलपत्र मजदुरका निम्ती चाउचाउ, विस्कुट लगाएतका सामाग्री ६३ जनालाई वितरण गरीएको छ ।