Sorry, that menu does not exist.
 

स्वास्थ्य सामाग्री हस्तान्तरण अभियान दोश्रो चरणमा : शेरचनव्दारा अभियान सुरु !

छविलाल पाण्डे, बुर्तिवाङ २०७७ बैशाख १० । कोरोना भाईरस (कोभिड १९) को सँक्रमण नेपालमा समेत बद्दै गएको अवस्थामा नेपाली काँग्रेसले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र गरीब परिवारका निम्ती राहत वितरण अभियानलाई निरन्तर अगाडी बढाउँदै आएको छ ।

क्षेत्र नं.२ बागलुङका स्वास्थ्य सँस्थामा दोश्रो चरणमा एन नाइन्टी फाईभ पीपीई, माक्स, सेनिटाईजर, गलोब, चस्मा, सावुन, लगाएतका स्वास्थ्य सामाग्रि हस्तान्त्रण अभियान सुरु भएको नेपाली काँग्रेसका नेता जित शेरचनले ईबागलुङलाई बताए ।

पश्चिम बागलुङ क्षेत्रका काठमाण्डौमा उद्योग व्यवसाय गर्दे आएका व्यक्तिहरुबाट प्राप्त भएको सहयोगबाट आफुहरुले स्वास्थ्य सँस्थामा पुगेर स्वास्थ्य सामाग्री र गरीब परिवारका निम्ती खाध्यान्न उपलब्ध गराउने गरी अभियान सुरु गरिएको उनले बताए ।

बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ४ थान एन नाइन्टी फाईभ पीपीइ , माक्स, सेनिटाईजर, सावुन लगाएतका सामाग्री उपलब्ध गाइएकोमा आज गल्कोट नगरपालिकाको दुदीलाभाटी स्वास्थ्य चौकी, नरेठाँटी स्वास्थ्य चौकी, हटिया स्वास्थ्य चौकी, हरीचौर स्वास्थ्य चौकी, मल्म स्वास्थ्य चौकी, काँडेवास स्वास्थ्य चौकी खर्वाङ स्वास्थय चौकी , खार स्वास्थ्य इकाई र भिमगिठे स्वास्थ्य चौकीमा एक÷एकथान पीपीई सेट, माक्स, सेनीटाईजर गलोब, हेडसेट , सावुन उपलब्ध गराइएको तरुणदल जिल्ला सदय नविन शेरचनले बताए ।

त्यस्तै गरी इलाका प्रहरी कार्यालय बुर्तिबाङमा समेत स्वास्थ्य सामाग्री हस्तान्त्रण गरीएको छ ।

निसीखोला गाउँपालिका, ढोरपाटन नगरपालिका र तमानखोला गाउँपालिका अन्र्तगत ज्याला मजदुरी गर्ने, गरीव , विपन्न, अशक्त परिवारका निम्ती चामल, नुन, तेल लगाएतका खाध्यन्न हस्तान्त्रण गरीने कार्यक्रम रहेको नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधी जित शेरचनको भनाई छ ।

आज आयोजित कार्यक्रममा काँग्रेस महासमिती सदस्य अर्जुन शेरचन, महाधिवशेन प्रतिनिभी जित शेरचन, क्षेत्र नं.२ ख प्रदेश सभापती नरजँग घर्तिमगर, तरुणदल जिल्ला सदस्य नविन शेरचन, समाजसेवी रिषीराम कँडेल, जिल्ला सदस्य गण्डकी थापा अधिकारी, लगाएतको उपस्थिीतीमा स्वास्थय सँस्था प्रमुखलाई सामाग्री हस्तान्त्रण गरीएको छ ।

नेपाली काँग्रेस क्षेत्रीय सभापती दोर्णकुमार कुवँरको पहलमा क्ष्ँोत्र नं.२ बागलुङका ४८ वटा स्वास्थ्य सँस्थामा पीपीइ, माक्, सेनिटाईजर, सावनु, गलोब लगाएतका स्वास्थ्य सामाग्रि चैत्र अन्तिम साता हस्तान्त्रण गरीससकिएको छ ।

यस्तो अभियानले स्वास्थ्य कर्मीलाई स्वास्थ्य सामाग्रि पाउँदै गर्दा राहत मिलिरहेको स्वास्थ्यकर्मीहरुको भनाई छ । अबको क्रममा स्वास्थ्य सँस्थामा ज्वरो नाप्ने थर्मल गनका निम्ती बागलुङ ढोरपाटन हङकङका पदाधिकारीद्धारा ४८ वटै स्वास्थ्य सँस्थामा उपलब्ध गराउने तयारीमा रहेको नेपाली काँग्रेसका क्षेत्रीय सभापती दोर्णकुमार कुवँरले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !