बागलुङ २०७७ बैशाख ११ । बागलुङ जिल्लामा सर्वप्रथम कोरोना पुष्टि भएकी बागलुङ नगरपालिका ४ कुँडुलेकी १९ वर्षिया युवतीको रिपोर्ट नेगेटिव आएको छ । उनको पाँचौ पटकको परीक्षणमा नतिजा नेगेटिव आएको हो । उनी चैत १५ गते देखी धौलागिरी अस्पतालको पृथक बास (आईसोलेसन कक्ष)मा रहेर उपचार गरेरहेकी छन् । अब उनी घर फर्कने तयारीमा रहेको बुझिएको छ ।
गत चैत ४ गते बेल्जियमबाट दोहा हुँदै कतार एयरवेजको उडानबाट काठमाडौ आएकी थिईन् । उनै संगै एउटै प्लेनमा आाएकी बागलुङ नगरपालिका-३ गौँडाकोटकी बृद्धाको रिपोर्ट यस अघी नै नेगेटिव आएपछी उनी डिस्चार्ज भएर घरमा फर्केकी छिन् ।
दुबै जना संक्रमित महिलाहरुको रिपोर्ट नेगेटिव आएपछी जिल्लामा कोरोना संक्रमित कोहि नभएको अस्पताल श्रोतले बताएको छ । नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुगेको छ । उपचार पछी सन्चो हुनेको संख्या ७ रहेको छ ।