Sorry, that menu does not exist.
 

सामुदायिक रेडियो ढोरपाटन आजदेखि १० औँ बर्षमा प्रवेश !

छविलाल पाण्डे, बुर्तिवाङ २०७७ बैशाख ११ । बुर्तिवाङ बाग प्रशारण भैरहेको सामुदायिक रेडियो ढोरपाटन आजदेखि १० औँ बर्षमा प्रवेश गरेको छ । २०६८ बैशाख ११ गते लोकतन्त्र दिवशको अवसर पारी औपचारीक रुपमा सुभारम्भ भएको रेडियोले आज १० औँ बशन्तमा प्रवेश गरेको हो ।

पश्चिम बागलुङ क्षेत्रका नागरिकलाई सञ्चार क्षेत्रमार्फत जनताका आवाज बुलन्द गर्ने उदेश्य सहित सञ्चालित रेडियो पश्चिम बागलुङका विभिन्न पालिका सहित विभिन्न १६ जिल्लाका श्रोताले प्रत्यक्ष एफएम व्यान्डमा १०४.१ मेगाहर्ज र अनलाईन मार्फत विश्वभर प्रसारण हुँदै आइरहेको रेडियोले समाज रुपान्तरणको पहरेदारको रुपमा निरन्तर अगाडी बद्दै आइरहेको छ ।

गरीवी निवारणका लागि वातावरणीय स्वास्थ्य शिक्षा नामक सँस्थाद्धारा सञ्चालित रेडियोले श्रोता महानुभाबका विचमा शुचना, शिक्षा, चेतना सँगै जनताको आवाज निरन्तर बुलन्द गर्दे आइरहेको छ ।

समाजसेवी, बुद्धिजिवी, राजनैतिक व्याक्तित्व , पत्रकार, उद्योगी, व्यवसायी साँसद, लगाएतका व्याक्तित्वहरुको सहयात्रामा सञ्चालित रेडियोले सुचना, चेतना, मनोरञ्जन , शिक्षा सँगै विभिन्न निकायसँग सहयात्रा गर्दे र सँस्थागत रुपमा समेत सामाजिक कार्यमा सरिक भइरहेको छ । रेडियो स्थापना दिवशको अवसरमा हाम्रा समस्त श्रोता महानुभाब, सेयरधनी, सञ्चालक समिती, पत्रकार, सञ्चारकर्मी, लगाएतमा हार्दिक धन्यबाद ज्ञापन गर्न चाहान्छौँ

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !