Sorry, that menu does not exist.
 

गल्कोटमा रहेका ८५ जना मजदुरको उद्धार : दुइवटा बसको व्यवस्था गरी गन्तव्य तर्फ पठाईयो !

गल्कोट २०७७ बैशाख ११ । गल्कोट नगरपालिकाको विभिन्न भागहरुमा रहेर मजदुरी गदैँ आएका वीरगन्ज (पर्सा), बारा, रौतहटका ८५ जना मजदुरलाई आज उद्धार गरिएको छ । देशमा लकडाउन लागु भएको बेला उनिहरुलाई नगरपालिकाले खाद्यान्न राहत दिएर सहयोग गर्दै आएको थियो ।

गल्कोट नगरपालिका-३ का वडाध्यक्ष वीरजंग भण्डारीको सहजीकरणमा आज उनिहरुलाई दुइ वटा बसमा राखी गन्तव्य तर्फ पठाईएको छ । उनिहरुलाई नगरप्रमुख भरत शर्मा गैरेले नगरपालिकाका तर्फ रु २५ हजार सहयोग प्रदान गरेको वडाध्यक्ष भण्डारीले ईबागलुङलाई बताए ।

गल्कोट नगरपालिकाको हटिया, हरिचौर, मल्म, नरेठाँटी, चरौदी, काँडेबास लगायतका स्थानमा काम गर्दै आईरहेका मजदुरहरुलाई यो संकटको घडीमा घरमा जाने व्यवस्था मिलाईएको नगर उपप्रमुख रेनुका काउचाले बताईन । उनीहरुले कामकाज ठप्प भएपछि दैनिक गुजारा चलाउन समस्या भएको भन्दै गलकोट नगरपालिकामा दिनहुँ गुनासो गर्न थालेपछि गृह जिल्ला जाने व्यवस्था मिलाईएको गलकोट नगरपालिकाका प्रवक्ता हिम बहादुर भण्डारीले बताए ।

लकडाउनका कारण मजदुरी व्यवसायविहीन बनेपछी उनिहरुलाई आआफ्रनो घर फर्कन निकै समस्या परेको अवस्थामा आज नगरपालिकाबाट बसको व्यवस्था मिलाई गन्तव्य तर्फ पठाएको मजदुरहरुले खुसी व्यक्त गरेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !