प्रेम सुनार, गुल्मी २०७७ बैशाख १२ । यति बेला बिश्वभर रहेका नेपालीहरु मध्ये अधिकांश क्वारेन्टाईनमा छन् । दुई तीन महिना अघि देखि उनीहरुको रोजगारी पनि ठप्प छ । भारतमा रहेका नेपालीहरुलाई त्यहाँको सुरक्षाकर्मीहरुले पशुलाई जस्तो लाठी प्रहार गरिरहेको छ । अन्य मुलुकमा रहेका नेपालीहरु दुई महिना अघि देखि बाहिर निस्कन पाएका छैनौं भन्दै गुनासो गरिरहेका छन । यसरी क्वारेटाईनको विचल्लीमा प्रदेशी र यता लाहुरेको परिवार भन्दै राहतबाट बञ्चित घरदेशी ? यो कति सम्म जायज हो ? बिदेशमा रहेका नेपालीहरुलाई उद्धार गर्न नेपाल सरकार असमर्थ भई रहे पनि यता उनका परिवारको उद्धार गर्नु पर्ने ठाउँमा उल्टै लाहुरेको परिवार भन्दै उनीहरुलाई राहतबाट बञ्चित गरिएको छ ।
बिदेशमा प्रशस्त पैसा कमाउनेहरुले पैसा भएर पनि पठाउन सकेका छैनन । यता उनका श्रीमति छोरा छोरीहरुले पसलहरुमा राशन उधाराे पाउन छाडेका छन् । यस्तो अवस्थामा उनीहरुलाई राहत किन नदिने ? यस बिषयमा हामीले धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेल र मदाने गाउँपालिका प्रमुख दानबहादुर केसीको ध्यानकृष्ट गराएका थियौं ।
यसबारे उनीहरु दुबैले भने यो कुरा एकदम जायज हो । अब छिटै निर्णय गरेर विदेश वा भारतमा रहेका पुरुषका परिवार जो गरिव मजदुर छन उनीहरुलाई राहत दिने ब्यवस्था मिलाईने छ ।