Sorry, that menu does not exist.
 

बुर्तिवाङमा स्वास्थ्य सँयोजकहरुको बैठक : सतर्क बन्दै उच्च मनोवलका साथ सेवमा समर्पित हुने अठोट !

छविलाल पाण्डे, बुर्तिवाङ २०७७ बैशाख १२ । बाहिरी जिल्लाबाट धमाधम मानिसहरु घर फिर्ता भएसँगै अवको रणनीती र सतर्कताको विषयमा पश्चिम बागलुङका चारवटा पालिका अन्तर्गत स्वास्थ्य सँस्था प्रमुखहरुको बैठक बुर्तिबाङमा सम्पन्न भएको छ ।

कोरोना भाईरस (कोभिड १९ ) का कारण विश्वभरी महामारीको स्थिती आइसकेको अवस्थामा स्वास्थ्यकर्मीमा समेत त्यसको प्रभाब उत्तिकै रहेको र समग्र जनतालाई बचाउने दायित्व समेत रहेको सन्दर्भमा आफुहरुले नियमित गर्दे आइरहेको स्वास्थ्य सेवालाई थप प्रभाबकारी कसरी बनाउने र त्यसको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा छलफल भएको हो ।

बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा आयोजित कार्यक्रममा अवसरमा बाहिरी क्षेत्रबाट आउने नागरीकको हकमा सकेसम्म एक वडाका नागरिकलाई सोहि वडाले ल्याउने र जनप्रतिनधिीले त्यसको व्यवस्थापन सँगै होम क्वारेन्टाईनमा राख्नका निम्ती पहल गर्ने, स्वास्थ्य सँस्थामा आउने विरामीको डाटा निरन्तर अपडेट गर्ने, एक स्वास्थ्य सँस्थाबाट अर्को स्वास्थ्य सँस्थामा जाने विरामीले अनिवार्य रिफर लेटर लिएर जानुपर्ने, स्वास्थ्यकर्मीहरु निरन्तर सम्पर्कमा रहने र कोरोना सँग मिल्दो जुल्ल्दो लक्षण भएका विरामी भएमा माथिल्लो निकायमा तत्काल खवर गर्ने निर्णय गरिएको छ ।

त्यसैगरी नियमित खोप सेवालाई सञ्चालन गर्ने र स्वास्थ्य निर्दशिका वमोजिम अगाडी बढ्ने जनप्रतिनिधी सँग समन्वय गर्दे कोरोना रोकथाम अभियानमा सतर्क बन्ने र बनाउने अभियानमा हातेमालो गर्र्दै उच्च मनोवलका साथ काम गन लगाएतका निर्णय भएको बडीगाड गाउँपालिकाका हेल्थ असिस्टेन्ट चुडामणि कँडेलले बताए ।

बैठकमा बुर्तिबाङ प्राथमिक स्वास्थ्य सँस्थाका प्रमुख डा. मिलन मल्ल, जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङका तथ्यांक अधिकृत घनश्याम सापकोटा, बुर्तिबाङ स्वास्थ्य सँस्था व्यवस्थापन समिती अध्यक्ष चित्र बहादुर भण्डारी, ढोरपाटन नगरपालिका स्वास्थ्य संयोजक घनश्याम शर्मा, तमानखोला गाउँपालिका स्वास्थ्य सँयोजक तिलबहादुर छन्त्याल, निसीखोला गाउँपालिका स्वास्थ्य सँयोजक टोपबहादुर चन्द लगाएतको उपस्थिती रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !