Sorry, that menu does not exist.
 

पर्वत अस्पतालका स्वास्थ्यकर्मीहरुका लागी सनराईज बैंकको पिपिई सहयोग !

निर्मल पौडेल पर्वत, २०७७ बैशाख १२ । पर्वत अस्पतालका स्वास्थ्यकर्मीहरुको सुरक्षा सम्वेदनशिलतालाई मध्यनजर गरि सनराईज बैंकले १५ थान पिपिई उपलब्ध गराएको छ । शुक्रवार पर्वत अस्पतालमा अस्पतालका अध्यक्ष गोविन्द पहाडी तथा डा शिशिर देवकोटालाई उक्त सामाग्री हस्तान्त्रण गरिएको हो ।

सामान हस्तान्त्रण गर्दै बैंकका कुश्मा शाखा प्रवन्धक गोविन्द आचार्यले अग्रपङ्तीमा रहेर कोरोना विरुद्धको लडाई लडिरहनु भएका डाक्टर तथा स्वास्थ्यकर्मीहरुको सुरक्षा पहिलो प्राथमिकता भएको वताए ।
पर्वत अस्पतालका अध्यक्ष गोविन्द पहाडीले कोरोनाको समस्या अझ धेरै समय सम्म जाने र यसका लागि वैँकले उक्त सामाग्री उपलव्ध गराएकोमा हार्दिक धन्यवाद व्यक्त गरे ।

पहाडीले अस्पताल सवै श्रोत साधन र सामान उपकरणका दृष्टिले तयारी अवस्थामा रहनुपर्ने हुँदा यस्तो सहयोग अस्पतालका लागि निकै महत्वपूर्ण हुने बताए । स्वत स्फूर्त व्यक्तिगत र संस्थागत रुपमा सरसहयोग जुटेका कारण पर्वत अस्पतालको टिम प्रोत्साहित भएर काममा जुटिरहेको छ भन्दै पहाडीले सवै सहयोगीहरुलाई अस्पतालको तर्फबाट पुन धन्यवाद व्यक्त गरे । पर्वत अस्पतालले कोरोनाको समस्या आएसंगै ज्वरो क्लिनिक, हेल्लो डाक्टर सेवा र भिन्दै अस्थायी कोरोना अस्पताल सञ्चालन गरिरहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !