मित्रलाल खरेल, गल्कोट २०७७ बैशाख १३ । चट्याङबाट गल्कोट नगरपालिका १ दुदिलाभाटी टोँड्केमा मृत्यु भएकी ६० वर्षिया बिजुली खत्रीका श्रीमान सम बहादुर खत्रीलाई जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुले आज एक कार्यक्रममा वीच रु १ लाख रकम प्रदान गरेका छन् ।
गत बैशाख ९ गते गल्कोट क्षेत्रमा परेको भीषण असिना पानी सहित परेको चट्याङबाट बिजुली खत्रीको मृत्यु भएको थियो ।
आज दुदिलाभाटी टोँड्केमा आयोजित श्रद्धान्जलि कार्यक्रमा बोल्दै प्रमुख जिल्ला अधिकारी सैजुले मृतक प्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेका थिए ।
सो अवसरमा गल्कोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले देवीप्रकोप ( चट्याङ) बाट बिजुली खत्रीको मृत्यु भएकोमा दु:ख व्यक्त गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका थिए ।
कार्यक्रममा गल्कोट नगरपालिकाकी उपप्रमुख रेणुका काउचा मगर, विपद व्यवस्थापन समितिका सदस्यहरु लगायत स्थानीयजनको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत धिरेन्द्र पन्तले गरेका थिए ।
चट्याङबाट मृत्यु भएका रिजालका परिवारलाई प्रजिअ सैजुव्दारा रु १ लाख राहत प्रदान !