Sorry, that menu does not exist.
 

गल्कोट र ताराखोलामा संकट व्यवस्थापन समितिको अन्तरक्रियात्मक समन्वय बैठक सम्पन्न !

बागलुङ २०७७ बैशाख १३ । जिल्ला संकट व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुको विशेष उपस्थितिमा गल्कोट नगरपालिका र ताराखोला गाउँपालिकाका संकट व्यवस्थापन समितिबीच छुट्टा छुट्टै अन्तरकृयात्मक समन्वय बैठक सम्पन्न भएको छ ।

गल्कोट नगरपालिकाका नगरप्रमुख एवं नगरपालिका संकट व्यवस्थापन समितिका संयोजक भरत शर्मा गैरे र ताराखोला गाउपालिकामा अध्यक्ष एवं गाउपालिका संकट व्यवस्थापन समितिका संयोजक प्रकाश घर्तीको अध्यक्षता अन्तरकृयात्मक समन्वय बैठक गरिएको थियो ।

हटियामा भएको गल्कोट नगरपालिकाको अन्तरक्रियात्मक समन्वय बैठकमा नगरपालिका विषयगत शाखाहरुबाट हालसम्म भएको कार्यप्रगति समीक्षा गर्दा संघीय तथा प्रदेश सरकारबाट भएका निर्देशनहरुको पूर्णपालना भएको, माग गरिएका विवरण नियमित प्राप्त भैरहेको, विदेशबाट आएका १३७ जनाको स्वास्थ्य सामान्य रहेको, विभिन्न वडाहरुमा क्वारेन्टाईन स्थापना गरिएको, नगरपालिका प्रवेशका नाकाहरुमा चेक जाँच कडा गरिएको, जिल्ला प्रशासन कार्यालयमा समन्वय गरी सवारी पासको व्यवस्था, गरीव विपन्नबर्गलाई राहत वितरणका लागी खाद्य वैंक स्थापना गरिएको बारेमा समीक्षा गरिएको प्रशासकीय अधिकृत धिरेन्द्र पन्तले जानकारी दिए ।

सो बैठकमा बिदेश र बाहिरी जिल्लाबाट नगरपालिकामा प्रवेश गर्ने व्यक्तिहरुको अभिलेख राखी स्वास्थ्य परीक्षण गर्ने, होम क्वारेन्टाईनमा राख्ने व्यवस्था मिलाउने, खाद्य बैँकको स्थापना, बास्तविक समस्यामा परेका मजदुर तथा विपन्न बर्गलाई दोश्रो चरणको राहत वितरण गर्ने र कोभिड १९ को रोकथाम नियन्त्रण उपचारको व्यवस्था मिलाउने निर्णय समेत गरिएको छ ।्

यसैगरी ताराखोला गाउँपालिकाको कार्यालय भातखाने डाँडामा बसेको अन्तरक्रियात्मक समन्वय बेठकमा गाउँपालिकाका विषयगत शाखाहरुबाट हालसम्म भएको कार्यप्रगति समीक्षा गर्दा संघीय तथा प्रदेश सरकारबाट भएका निर्देशनहरुको पूर्णपालना भएको, माग गरिएका विवरण नियमित प्राप्त भैरहेको, विदेशबाट आएका ३२ जनाको स्वास्थ्य सामान्य रहेको, गाउपालिका भित्र रहेका स्वास्थ्य संस्थाहरुमा क्वारेन्टाईनको व्यवस्था गरिएको, महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई सुरक्षा सतर्कताका सामाग्री उपलव्ध गराईएको, गाउँपालिकामा कोभिड १९ नियन्त्रण समन्वय समिति गठन गरिएको, यापिड रेस्पोन्स टिम गठन, गाउपालिकाका दुई नाकाहरुमा हेल्थ डेस्को स्थापना, विदेशबाट आएका ३२ जनालाई होम क्वारेन्टाईनमा राखिएको,स्थानीय उत्पादित अन्नबाली राहत वितरण गरिएको, दीर्घ रोगीहरुका लागी औषधी वितरण गरिएको, कालो बजारी, खाद्यान्न आपुर्तिको व्यवस्था, पसल अनुगमन गरिएको विषयमा समीक्षा गरिएको थियो ।

नगरपालिकाको बैठकमा नगरप्रमुख गैरे, उपप्रमुख रेणुका काउचा मगर, वडाध्यक्षहरु, प्रशासकीय अधिकृत अन्य जनप्रतिनिधीहरको सहभागिता रहेको थियो भने ताराखोला गाउपालिकाको बैठकमा अध्यक्ष घर्ती लगायत उपाध्यक्ष दिलकुमारी पुन, वडाध्यक्षहरु प्रशासकीय अधिकृत समेतको उपस्थिति रहेको थियो ।

दुबै बैठकमा अर्जुनवाण गणका प्रमुख सेनानी मिलनध्वज खाँण, राष्टिय अनुसन्धानका उप अनुसन्धान निर्देशक नरेन्द्र राज गिरी, सेनानी दीप श्रेष्ठ, सशस्त्रबलका सप्रनाउ बासदेव लोहनी, प्रशासकीय अधिकृत धिरेन्द्र पन्त, जिप्रका बागलुङका प्रहरी निरीक्षक हेमबहादुर केसी लगायतको उपस्थिति रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !