ठाकुर रसाईली, पर्वत २०७७ बैशाख १४ । कुस्मा नगरपालिका वडा नम्बर २ खुर्कोटले टोलटोलमा पुगेर सामाजिक सुरक्षा भत्ता बितरण गरेको छ । वडामा रहेका ५८० जना बृद्धबृद्धाहरु मध्य १२८ जनालाई भत्ता दिइसकिएको र आज दोश्रो चरण अन्तर्गत १५० जनालाई समाजिक सुरक्षा भत्ता प्रदान गरिएको वडा अध्यक्ष यदुनाथ बास्तोलाले जानकारी दिए ।
अन्य छुटेका हरुलाइ फेरि अर्को चरणमा भत्ता उपलब्ध गराउने अध्यक्ष बास्तोलाले बताए। कुस्मा नगरपालिकाकी उपप्रमुख सीता काफ्ले लामिछानेको उपस्थितिमा भत्ता बितरण गरिएको हो ।
लकडाउनका कारण बजार जान नपाएका र समस्या परेका बृद्धबृद्धाहरुको चहानानुसार सामाजिक सुरक्षा भत्ता टोलमै लगेर बितरण गर्दा आफुलाइ पनि खुसी लागेको उपप्रमुख लामिछानेले बताइृन् । त्यस्तै कोरोना भाइरसवाट सचेत रहन सबैलाइ आग्रह गर्दै महामारीबाट जोगिन नगरपालिकाबाट विभिन्न काम हरु गरेको उपप्रमुख लामिछानेको भनाई थियो ।
लकडाउनमा समाजी दुरी कायम गरी भत्ता बितरण गरिएको कार्यक्रममा वडाका जनप्रतिनिधि शैक्षिक तथा सामाजिक ब्यक्तिहरुको पनि उपस्तिथि रहेको वडा सदस्य शान्ति शर्माले जानकारी दिइृन् । संकटको बेला टोलमै भत्ता बुझ्न पाउँदा वृद्धबृद्धाहरु खुसी भएका थिए ।