निर्मल पौडेल पर्वत २०७७ बैशाख १६ । पर्वत साहित्य संगम कुस्मा पर्वतको दोस्रो भर्चुअल वैठक तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । लकडाउनका कारण नियमित रुपमा एक आपसमा सामेल भई वस्न नसकेको वैठक सोमवार भर्चुअल माध्यमवाट सम्पन्न भएको हो । वैठकमा विविध विषयमा छलफल हुनुका साथै साहित्यकारहरुले आफ्ना रचना वाचन समेत गरेका थिए । साहित्यकारहरुले यो विषम परिस्थितीको सामना गर्दै कसरी अगाडी वढ्न सकिन्छ भन्ने कुराहरुको वारेमा छलफल गरेका थिए ।
वैठकलाई सम्वोधन गर्दै पर्वत साहित्य संगमका अध्यक्ष राजेन्द्र पहाडीले साहित्यकारहरु समयको वाणी वोल्न सक्ने वर्ग भएकोले विश्व जगतमा आईपरेको विपत्तीको वेलामा सर्जकहरुले के कस्ता सिर्जना गरिरहेका छन् भन्ने जानकारी लिन र समसामयिक सिर्जनाहरु एकआपसमा सुन्न र सुनाउने अवसर प्रदान गर्नका लागि भर्चुअल माध्यमवाट नियमित वैठक संगै रचना वाचनको आयोजना गरिएको वताए । यस्तै पहाडीले जस्तोसुकै परिस्थितीमा पनि साहित्यकारहरुले सिर्जनशिल मष्तिस्क लाई सकरात्मक पक्ष वाट वृद्धी र विकास गरी लेखन कार्यलाई अगाडी वढाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा साहित्य संगमका संस्थापक अध्यक्ष इन्द्रकुमार विकल्प, निवर्तमान अध्यक्ष इन्द्रमान खत्री, अध्यक्ष राजेन्द्र पहाडी, सचिव खेम शर्मा चापागाईँ आजीवन सदस्य निर्मल पौडेल एन. पि. घायल लगायतले आफ्ना समसामयिक गजल,कविता,मुक्तक,लघुकथा लगायतका सिर्जनाहरु वाचन गरेका थिए ।
साहित्यकारहरुको सिर्जनामा समसामयिक विपत्तीले निम्त्याएको पीडा,उद्दार तथा राहत वितरणमा देखिएको अनियमितता तथा राजनीतिक पराकाष्ठाको व्यङ्ग्य,सर्वसाधारण जनताले भोग्नुपरेका दुख र दर्दहरु विभिन्न निकाय तथा सरोकारवालाहरुले चालेका कदमका यथार्थताको छर्लङ्गता , अन्यायको खवरदारी लगायतका विषयवस्तुमा आधारित सिर्जनाहरु वाचन गरेका थिए । संस्थाका उपाध्यक्ष डि.आर.शर्मा,कोषाध्यक्ष मिना गुरुङ,सहसचीव गोकुल शर्मा पौडेल,सदस्य दीप सागर पौडेल,सिता पौडेल लगायत अन्य संस्थाका पदाधिकारीहरुको उपस्थिती रहेको कार्यक्रममा साहित्यकारहरुले लकडाउनको समयलाई वढी भन्दा वढी सिर्जनात्मक र रचनात्मक वनाउनुपर्नेमा जोड दिएका थिए ।
पर्वत साहित्य संगमका अध्यक्ष राजेन्द्र पहाडीको अध्यक्षतामा सम्पन्न भर्चुअल वैठक तथा रचना वाचन कार्यक्रमको सञ्चालन सचिव खेम शर्मा चापागार्ईँले गरेका थिए । २०५४ सालमा स्थापना भएर नेपाली भाषा,साहित्य र कलाको उत्थानमा निरन्तर अग्रसर रहेर अग्रणी भुमिका खेलीरहेको संस्थाले लकडाउनको वेलमा यसभन्दा अगाडी पनि पहिलो वैठक भर्चुअल माध्ययम वाट सम्पन्न गरेको थियो ।