Sorry, that menu does not exist.
 

गल्कोट-१ दुदिलाभाटीका ज्याला मजदुरी गर्दै आएका विपन्नलाई खाद्यान्न वितरण !

राम खत्री, गल्कोट २०७७ बैशाख १६ । कोरोना रोकथामका लागि गरिएको लकडाउनका कारण प्रभावित भएका गल्कोट नगरपालिका १ दुदिलाभाटिका विपन्नलाई खाद्यान्न वितरण गरिएको छ ।

ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका, श्रमिक र विपन्न परिवारलाई वडाले राहत सामग्री वितरण गरेको हो । वडाले २ सय ७० घरधुरीलाई राहत उपलब्ध गराइएको वडा अध्यक्ष नेत्र बुढाथोकीले ईबागलुङलाई जानकारी दिए ।

सरकारले बनाएको मापदण्ड अनुसार सर्वदलीय, सर्वपक्षीय समितिले छनौट गरेका परिवारलाई राहत स्वरुप चामल दाल तेल नुन र साबुन वितरण गरिएको हो ।

गल्कोट नगरपालिका कार्यालय सहित अमेरिकामा कार्यरत सन्तोष खत्री, युवा व्यवसायी केहरसिह खत्री, जापानमा कार्यरत भूमीराज खड्का, गोबिन्द पाण्डे लगायतको सहयोगमा सामाजिक दुरी कायम गरि बितरण गरिएको थियो ।

दुदिलाभाटिका वडाध्यक्ष नेत्र बुढाथोकी, बडा सदस्य पदम कार्की, बिपत व्यवस्थापन समिति सदस्यहरु जीवन भण्डारी, हिम बहादुर खड्का, लाल बहादुर राना, वडा सचिव यादवदत्त रेग्मी लगायतको टोलीले राहत वितरण गरेको थियो ।

यस्तै बिपत व्यवस्थापन समितिले स्वास्थ्यचौकीमा कोरोना संक्रमणको जोखिम रहने भएकोले सुरक्षा सतर्कताका लागि दुदिलाभाटी उपस्वास्थ्य चौकी प्रमुख संगिता थापालाई लाई २ सेट पीपीई, थर्मल गन समेत हस्तान्तरण गरेको छ । त्यस्तै बैशाख ९ गतेको चट्याङ लागेर मृत्यु भएकी बिजुला खत्रीको परिवारलाई राहत स्वरुप ५ हजार प्रदान गरिएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !