बागलुङ २०७७ बैशाख १६ । वैश्विक महामारीको रुप लिएको कोरोना भाईरस (कोपिड-१९) को सम्भावित संक्रमणको जोखिम नियन्त्रणका लागी सरकारले लकडाउनको अवधी बैशाख २५ गते सम्म बढाएसँगै बागलुङ जिल्लामा प्रहरीले थप कडाई गर्न थालेको छ । सार्वजनिक स्थलहरुमा भीडभाड गर्ने, सामाजिक दुरीको पालना नगर्ने, साना ठुला सवारी साधनहरुको जथाभावी प्रयोग गर्ने बढ्दो प्रवृत्तिलाई नियन्त्रण गर्न प्रहरीले कडाई गर्न थालेको छ ।
प्रहरी बरिष्ठ उपरीक्षक नवराज भट्ट
सदरमुकाम लगायत जिल्लाका बजार (व्यापारिक)क्षेत्रहरुमा केहि खुुकुलोपन महसूस गरेका स्थानीयवासीले प्रहरीको सख्ती पछी लकडाउनको कडाईका साथ पालना हुने विश्वास व्यक्त गरेका छन् ।
यसैवीच आज देखी बागलुङ जिल्ला प्रवेश गर्ने नाका बागलुङ नगरपालिका १ को खुँदुर्के (मालढुंगा)मा जिल्ला प्रहरी कार्यालय बागलुङले नगरपालिकाको समन्वयमा साना ठुला सवारी साधनहरुको धोईपखाली (स्यानिटाईज) सुरु गरिएको प्रहरी बरिष्ठ उपरीक्षक नवराज भट्टले जानकारी दिए ।
जिल्लाका केहि नगर तथा गाउँपालिकाको पहलमा राजधानी काठमाडौ पोखरा, बुटवल लगायत विभिन्न ठाउँहरुबाट जिल्लाका बागलुङ बजार, गल्कोट, खर्वाङ, बुर्तिवाङ, कुस्मी सेरा लगायतका स्थानहरुमा बिना ईजाजत (पास) सवारी साधनहरु मानिसहरु आउन थालेपछी स्थानीवासीमा सन्त्रास फैलिरहेको अवस्थामा प्रहरीको पछिल्लो कदमलाई जिल्लाबासीले सह्राहना गरेका छन् ।
One Comment